हेरिटेज नेपाल न्यूज

न्याकी देगः पुनःनिर्माण सुरु

Date:

Share post:

भक्तपुर, २७ वैशाख । भक्तपुर नगरपालिका-८ महेश्वरी पीठस्थित न्याकी देग मन्दिर पुनः निर्माणको थालनी भएको छ । मन्दिरको शिलान्यास गर्दै भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिले सम्पदा पुनः निर्माण गर्दा परम्परागत शैलीमा नै निर्माण गर्न विशेष ध्यान दिनुपर्ने बताएका छन् । भक्तपुर नगरपालिका वडा नं. ८ को महेश्वरी पीठस्थित न्याकी देग नारायण मन्दिर पुनः निर्माणको शिलान्यास कार्यक्रममा प्रमुख प्रजापतिले उक्त विचार राखेका हुन् ।

नगर प्रमुख प्रजापतिले सम्पदा पुनः निर्माण गर्दा पुरानो शैली र पुरानो स्थानमा, परम्परागत स्रोत साधन र सामाग्रीहरुको प्रयोग गरी निर्माण गर्नुपर्ने बताए । “सम्पदा पुनः निर्माण गर्दा नयाँ स्थान र फरक शैलीमा बनाउने हो भने त्यसलाई पुनः निर्माण भन्न नमिल्ने, यसलाई नयाँ बनाएको भन्नुपर्छ ।” नगर प्रमुख  प्रजापतिले भने  ।
भाज्या पुखु पुनःनिर्माणको प्रसंग जोड्दै प्रमुख प्रजापतिले सम्पदा पुनः निर्माण गर्दा अध्ययन, अनुसन्धान र विज्ञहरुसँग छलफल गर्नुपर्नेमा जोड दिए ।
भक्तपुर नगरपालिकाले विदेशीको सहयोग विना १९० वटा सम्पदाहरु पुनः निर्माण सम्पन्न गरिसकेको बताउँदै उहाँले सम्पदा पुनःनिर्माणमा सहयोग संकलन भए जनताको अपनत्व बढ्ने बताए ।

भक्तपुर नगरपालिका सम्पदा विभाग प्रमुख रामगोविन्द श्रेष्ठले वि.स. १९९० सालको भुकम्पले भत्केको भनिएको न्याकी द्योग नारायण मन्दिर पुनः निर्माणका लागि ८ वडाका जनाप्रतिनिधिहरुले नियमित ताकेता गर्दै आएको बताए।
उक्त ठाउँमा मन्दिर रहेको भन्ने प्रमाणको रुपमा स्थानीय बुढापाकाहरुको कुराकानी, मन्दिरको गजूर, मन्दिर रहेको भनिएको स्थानमा भेटिएको जग र मन्दिरभित्रको देवताको मूर्तिको आधारमा पुनः निर्माणका लागि मन्दिरको नक्सा तयार गरेको उनले जानकारी दिए ।
वडा अध्यक्ष कृष्णप्रसाद कोजुको सभापतित्वमा भएको शिल्यान्यास कार्यक्रममा पुर्व वडा अध्यक्ष महेन्द्र खायमली, नारायण मन्दिर पुनः निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णसागर वासी, वडासदस्य सुमित्रा वोहजु र रामसुन्दर वासीको उपस्थिति रहैको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको नक्कली छानबिन आयोग अस्वीकार्य: ओली

भक्तपुर, २३ असोज । नेकपा एमालेका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा बनाएकोे...

यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने

भक्तपुर , २३ असोज । भक्तपुर नगरपालिकामा आयोजित बैठकले यस वर्षको तिहार (स्वन्ती) पर्वको मिति तय गरेको छ।...

रसुवामा बाढीले बेपत्ता भएका भक्तपुरका ४ मध्ये ३ एकै परिवारका

भक्तपुर,२० असोज । लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये...

शुक्रबारदेखि ३ दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन सरकारको आग्रह

काठमाडौं, १६ असोज । भारी वर्षाको पूर्वानुमानका आधारमा प्राकृतिक प्रकोप सिर्जित विपद् आउन सक्ने आकलन गरिएको छ ।...