लक्ष्मीनरसिंह मन्दिर २०८२ जेठ ६ गते उद्घाटन गर्ने

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, २७, वैशाख । भक्तपुर नगरपालिकाले लक्ष्मीनरसिंह मन्दिर आगामी जेठ ६ गते उद्घाटन गर्ने तयारी गरेको छ । भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नपा-४ गःहिटीस्थित प्राचीन सम्पदा लक्ष्मीनरसिंह मन्दिरको पुनःनिर्माण निर्देशक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा अध्यक्ष प्रजापतिले सम्पदाहरुको संरक्षण जनताको साथ र सहयोगमा गर्दै आएको बताउँदै नयाँ पुस्तालाई उत्साहित गर्न मन्दिर पुनःनिर्माणमा प्राप्त ऐतिहासिक, सांस्कृतिक र खोजमूलक विषयवस्तुहरु र सहयोग गर्ने सम्पूर्ण पक्ष समेतेर पुस्तक प्रकाशित गर्न लागेको र भविष्यमा अनुसन्धानकर्ताहरुका लागि त्यो पुस्तक अत्यन्त उपयोगी हुने बताए ।


निर्देशक समितिको बैठकमा लक्ष्मीसिंह मन्दिर पुनःनिर्माणसम्बन्धी सम्पूर्ण विवरणहरु समावेश ‘लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण २०८२’ पुस्तकबारे जानकारी गराइयो भने पुनःनिर्माण कार्यको लागि निर्देशन समितिमा बसी सहयोग गर्ने सम्पूर्ण पदाधिकारी, उपभोक्ता समिति, स्थानीय बासिन्दा र सहयोग गर्ने सम्पूर्णमा निर्देशक समितिको तर्फबाट धन्यवादज्ञापन गर्ने निर्णय गर्यो । बैठकमा भक्तपुर नगरपालिका सम्पदा उपशाखा प्रमुख रामगोविन्द श्रेष्ठले लक्ष्मीनरसिंह मन्दिरको पुनःनिर्माण कार्यसम्बन्धी विवरण जानकारी गराए ।
लक्ष्मीनरसिंह मन्दिरको पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष शिवराम किजुले मन्दिर पुनःनिर्माणको खर्च विवरण प्रस्तुत गर्दै स्वेच्छाले सहयोग गर्नेहरुबाट रु २२ लाखभन्दा बढी सहयोग प्राप्त भएको ७५० जनाभन्दा बढी जनताले श्रमदान र लाखौं रुपैयाँ बराबरको जिन्सि सामान सहयोगस्वरुप प्राप्त भएको विवरण प्रस्तुत गरे ।
भक्तपुर नगरपालिकाले २०७९ सालमा स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि जेठ ६ गते बहाली भएको दिनलाई ‘भक्तपुर नगरपालिकामा जनप्रतिनिधि बहालीको तीन वर्ष’ को अवसरमा उक्त मन्दिर उद्घाटन गर्ने तयारी गरिरहेको छ ।
उक्त मन्दिरको शिलान्यास २०७८ मंसिर २८ गते नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

प्रधानमन्त्रीले नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नू गम्भीर राष्ट्रघात : नेकपा

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणा...

काठमाडौं महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण 

काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाले आइतबार (जेठ १७ गते) लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना...

बजेटको आकार घटाउँदै बागमती प्रदेश सरकार

मकवानपुर, १८ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि मन्त्रालयहरुलाई बजेटको सिलिङ...

प्रधानमन्त्री बालेन्द्र शाहको भनाइमा परराष्ट्रको प्रस्टीकरण

काठमाडौं, १८ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा 'नेपालले पनि भारतको जग्गा मिचेको छ' भनेर दिएको...