भक्तपुरमा खड्गजात्रा सकियो

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ०५ कार्तिक । बडादशैँको दिन मध्यरातिदेखि भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्गजात्रा सम्पन्न भएको छ। पायःद्यो जात्राका क्रममा तलेजु भवानीलाई नगर परिक्रमा गराइएको थियो । जात्राका क्रममा तलेजुसँग सम्बद्ध राजोपाध्यायले पायःद्योःलाई आफ्नो काँधमा बोकेर तलेजु मूलचोकबाट बेको चोक पुर्‍याएपछि सर्वसाधारणलाई पूजा र दर्शन गर्न दिने परम्परा छ।

विजयादशमीको दिनभर ब्रह्मायणी मन्दिरमा जात्रारत नवदुर्गा भवानीका देवगण ब्रह्मायणीबाट राति भक्तपुरका विभिन्न टोलमा जात्रा गर्दै दरबार स्क्वायर पुगेपछि बहिनी ब्रह्मायणीले दिदी तलेजु भवानीलाई दर्शन एवं ढोग गरी मन्त्रसिद्धि गर्ने परम्पराअनुसार जात्रा सम्पन्न भएको हो।
यस वर्ष तलेजु भवानी नगरको तल्लो क्षेत्रमा आएकी थिइन्। तलेजु मन्दिरबाट खौमा हुँदै इताछे, तेखापुखु र नासमनाको परिक्रमा गरेर पुनः तलेजु प्रवेश गरिएको थियो। नवदुर्गा भवानी र तलेजु भवानी तमारी टोलबाट आआफ्नो द्योछेँमा प्रस्थान गरेका थिए।
राति तलेजुलाई दरबार स्क्वायरस्थित स्वर्णद्वार (गोल्डेन गेट) मा ल्याएपछि पङ्क्तिबद्ध रूपमा प्रतीक्षारत नवदुर्गा देवगणलाई पालैपालो तलेजुद्वारा मन्त्रसिद्धि प्रदान गर्ने परम्परा छ। तलेजु भवानीबाट मन्त्रसिद्धि प्राप्त गरेपछि पायःद्यो जीवित देवता नवदुर्गा देवगणसहित यात्रा पथमा अगाडि बढ्ने प्रचलन छ।
बडादशैँको मध्यरातमा मनाइने ऐतिहासिक एवं धार्मिक-सांस्कृतिक महत्त्वको यो जात्रालाई खड्ग जात्रा भनिन्छ । विजयादशमीको राति तलेजु भवानीलाई तलेजुका चार मूल नाइके, आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरूप कालरात्रि पूजा, टीका साइत पूजा र विसर्जन पूजा सम्पन्न गरेपछि सेतो घोडा जात्रा सुरु हुने परम्परा छ।
जात्राअघि सेतो घोडालाई एउटा भेडा बलि चढाएपछि तलेजुको मूलचोकबाट बाहिर ल्याएर भक्तपुर नगरमा डुलाउने गरिन्छ। जात्राका क्रममा ब्रह्मायणी र तलेजुलाई नगरका विभिन्न क्षेत्रमा परिक्रमा गराउने तथा तलेजुको वाहन सेतो घोडालाई पछि लगाएर जात्रा मनाउने परम्परा छ। तर, घोडा बिरामी भएपछि विगत दुई वर्षदेखि घोडेजात्रा रोकिएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

दोलखामा खड्ग जात्रा मनाइदै

दोलखा, ०५ कार्तिक । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक क्षेत्र दोलखामा परम्परागत रुपमा मनाइँदै आएको खड्ग जात्रा मनाइएको छ।...

बडादसैँको मुख्य दिन आज, टीकाको उत्तम साइत बिहान १०ः२६ बजे

काठमाडौं, ०४ कार्तिक । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक...

ललितपुरमा मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर, ०४ कार्तिक । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात् खड्ग जात्रा हर्षोउल्लासका साथ मनाइएको छ।...

कलासंस्कृति जगेर्नामा प्रदेश सरकारले उचित नीति लिन्छ: मुख्यमन्त्री थापा मगर

भक्तपुर, ०३ कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले देशको पहिचानका रुपमा रहेका धर्म, कला, संस्कार, संस्कृति र...