सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बिहीबार सूर्यविनायक नगरपालिका भवनको प्राङ्गणमा आयोजित कार्यक्रममा सुर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरेका हुन्।
नगरपालिकाले ५१ सूचक पूरा गरेसँगै सूर्यविनायकले आफ्ना १० वटै वडालाई दुई महिनाअघि नै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेको थियो । सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले निर्धारण गरेका ती सूचक पूरा गरेसँगै सूर्यविनायक नगरपालिकालाई  स्थानीय शासनयुक्त नगर घोषणा गरिएको नगरप्रमुख बासुदेव थापाले बताए ।
<span;>बालमैत्री स्थानीय शासनका सूचकअन्तर्गत ‘बाल बचाउ’ शीर्षकमा १४ वटा सूचक छन् । बाल विवाहमुक्त, बालश्रममुक्त, सडक बालबालिकामुक्त तथा  गर्भवतीले सात पटक स्वास्थ्य जाँच गराएको हुनुपर्ने, धनुष्टङ्कार (टिटानस) विरुद्धको खोप र आइरन चक्की सेवन गरेको हुनुपर्ने, दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित सुत्केरी गराएको हुनुपर्ने तथा बालबालिकाले पूर्ण खोप पाएको हुनुपर्ने व्यवस्था रहेको नगर प्रमुख थापाको भनाई छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यका अनुसार, ‘बाल संरक्षण’ शीर्षकमा निर्धारण गरिएका १० वटा सूचक पनि पुरा भएका छन् । ती सूचक अन्तर्गत बालविवाह पूर्ण रूपमा निषेध हुनुपर्ने, बालश्रममुक्त वडा हुनुपर्ने, बालबालिकाविरुद्ध हुने शारीरिक, मानसिक तथा यौनजन्य हिंसा र दुव्र्यवहार रोकिएको हुनुपर्ने तथा सडक बालबालिका र बेवारिसे अवस्थामा रहेका बालबालिकाको संरक्षण र पुनःस्थापनाको व्यवस्था हुनुपर्ने प्रावधान रहेको आचार्यले जानकारी दिए ।

बालविकासतर्फ छ वटा सूचक रहेका छन् । यसमा जन्मिएका सबै बालबालिकाको जन्मदर्ता भएको हुनुपर्ने, विद्यालय जाने उमेरका सबै बालबालिका विद्यालयमा भर्ना भएको हुनुपर्ने, विद्यालय तथा समुदायमा बालमैत्री र लैङ्गिकमैत्री शौचालय तथा स्वच्छ खानेपानीको व्यवस्था हुनुपर्ने उल्लेख छ ।

यसैगरी, टोल, विद्यालय र वडास्तरमा बाल क्लब तथा बाल सञ्जाल गठन भई सक्रिय हुनुपर्ने र स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित हुनुपर्ने व्यवस्था गरिएको छ । नगरपालिकाले निर्धारित सूचक पूरा गरी सबै वडालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिसकेको हुंदा नगरपालिकालाई बालमैत्री नगरपालिका घोष्णा गरिएको बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बताए । थापाले सूर्यविनायक नगरपालिका भक्तपुर जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा हुन सफल भएकोमा नगरपालिका परिवारलाई बधाई समेत दिए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...

कोरिया मैत्री नगर अस्पतालमा १५ शैयाको मोडुलर आइसियु सेवा सुुरू

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा १५ शैयाको अत्याधुनिक सघन उपचार...

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...