जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साटेर ग्यास दिन निर्देशन

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २४ भदौ। रसुवा बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति असहज बनेको छ । यस्तो स्थितिमा उपभोक्तालाई राहत दिन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई ग्यासको सहज उपलब्धताका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएकी छिन् ।

मन्त्री यादवले  जुनसुकै कम्पनीको सिलिन्डर भएपनि साटेर ग्यास दिन निर्देशन दिएकी छन् । काठमाडौँ उपत्यकाभित्र मात्र लागू हुने गरी उनले यो निर्देशन दिएकी हुन् ।  एउटा कम्पनीको ग्यास सिलिन्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको सिलिन्डरसँग समान मूल्यमा साटासाट (इन्टरचेञ्ज) गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिइएको उनको  सचिवालयले बुधबार जनाएको छ ।

यो व्यवस्था लागू भएपछि उपभोक्ताले आफूले प्रयोग गर्दै आएको निश्चित ब्रान्डको सिलिन्डर तत्काल नपाएको खण्डमा अन्य जुनसुकै कम्पनीको सिलिन्डरमार्फत पनि सहज रूपमा ग्यास प्राप्त गर्न सक्ने मन्त्रीको विश्वास छ । प्राकृतिक विपद् (बाढी) का कारण उत्पन्न आपूर्ति समस्यालाई तत्काल सम्बोधन गर्दै उपभोक्तालाई राहत प्रदान गर्ने उद्देश्यले यो कदम चालिएको सचिवालयले जनाएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...

कोरिया मैत्री नगर अस्पतालमा १५ शैयाको मोडुलर आइसियु सेवा सुुरू

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा १५ शैयाको अत्याधुनिक सघन उपचार...

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...