कागेश्वरीकी इन्जिनियर दिपा कार्की ६४ हजार घुससहित पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १६ भदौ । कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की ६४ हजार रुपैयाँ घुससहित पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर कार्की र मध्यस्थकर्ताको काम गर्ने आस्मा कार्कीलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार इन्जिनियर कार्कीले ‘स्ट्रक्चर एनालाइसिस’ को काम स्वीकृत गरिदिएबापत बार्गेनिङ गर्दै सेवाग्राहीलाई पटक/पटक दुःख हैरानी दिएर घुस माग गरिरहेकी थिइन्। सोही सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको केन्द्रीय कार्यालय टङ्गालबाट खटिएको टोलीले दुवै जनालाई सेवाग्राहीबाट ६४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नगरपालिका कार्यालय थली, डाँछीबाट सोमबार नियन्त्रणमा लिएको थियो। पक्राउ परेका दुवै जनाविरुद्ध मंगलबार विशेष अदालतबाट म्याद थप अनुमति लिई घुस/रिसवत भ्रष्टाचारसम्बन्धी मुद्दामा विस्तृत अनुसन्धान अघि बढाइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...