काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित जलविद्युत् आयाेजनाकाे निरीक्षण र ऊद्वार कार्यकाे अपडेट लिन नुवाकोट पुगेका मन्त्री श्रेष्ठले त्रिशुलीस्थित सैन्य तालिम केन्द्रमा गृहमन्त्री सुधन गुरूङसँगै छलफल थालेका छन् ।
गृहमन्त्री गुरूङ सैन्य तालिम केन्द्रमै बसेर उद्धारकाे लागि समन्वय गरिरहेका छन् । जलविद्युत् आयाेजनाकाे सुरूङकाे उद्वारमा खटिएका नेपाली सेनाका उच्च अधिकारीले मन्त्री श्रेष्ठलाई पछिल्लो प्रगति विवरण ब्रिफिङ गरेका छन् । मन्त्री श्रेष्ठसँग प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह पनि नुवाकाेट आइपुगेका छन् ।
ब्रिफिङ लिएपछि मन्त्री श्रेष्ठ हेलिकप्टरमार्फत रसुवास्थित जलविद्युत् आयाेजनाकाे उद्वार स्थलकाे निरीक्षणमा जानेछन् ।






