हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ राति बन्द

Date:

Share post:

Suryabinayak Nagarpalika

मकवानपुर, १६ असार । हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथमा मंगलबार र बुधबार रातिको समयमा यात्रा गर्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले देशभर मनसुनी वर्षा सक्रिय भई भारी वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन आग्रह गर्दै मंगलबार र बुधबार बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म कान्ति लोकपथमा सवारी चलाउन रोक लगाएको हो । कार्यालयले जारी गरेको सूचना अनुसार असार १६ र १७ गते अति आवश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरेको छ भने ताल, नदी, खोला तथा अन्य जलाशयमा माछा मार्ने, पौडी खेल्ने, डुंगा चलाउने वा नदी तर्ने जस्ता जोखिमयुक्त गतिविधि नगर्न आग्रह गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीद्वारा जारी सूचनामा वर्षा र जोखिमको अवस्था हेरी सुरक्षाकर्मीले जिल्लाभित्रका कुनै पनि सडकमा निश्चित समयका लागि आवागमन रोक्न सक्ने भएकाले उक्त कार्यमा सहयोग गर्न अनुरोध गरिएको छ । गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त भारी वर्षाको चेतावनीलाई मध्यनजर गर्दै सम्भावित मानवीय तथा भौतिक क्षति कम गर्न प्रशासनले उक्त निर्देशन जारी गरेको प्रजिअ अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ ।

पहिरो, बाढी र डुबानको जोखिम रहेका क्षेत्र, नदी किनार तथा भिरालो स्थानमा अनावश्यक आवतजावत नगर्न र विशेष सतर्कता अपनाउन प्रशासनले सूचनामार्फत सूचित गरिएको छ । मौसम र सडकको अवस्थाबारे आधिकारिक सूचना र सुरक्षा निकायको निर्देशन पूर्णरुपमा पालना गर्न र सुरक्षित भएपछि मात्र यात्रा गर्न प्रशासन कार्यालयले निर्देशन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मुख्यमन्त्री थापाले बोलाए बागमतीमा सर्बदलिय बैठक, उद्धार र राहत बितरण जारी राखिने

हेटौंडा, १४ भदौ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षति र आगामी रणनीतिबारे छलफल...

बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना बालगृहमा नलैजान आग्रह

काठमाडौं, १४ भदौ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको अनुमति र...

रसुवा बाढी अपडेट : ७३४ शव फेला, दुई हजार ४९८ जना अझै बेपत्ता

काठमाडौं, १४ भदौ । रसुवाको बाढीमा (भोटेकोशी) परेका ७३४ जनाको शव फेला परेको छ भने, हालसम्म दुई हजार...

सूर्यविनायक नगरपालिकाले बाढी पिडितलाई ५५ लाख रुपैंया सहयोग गर्ने

भक्तपुर, १४ भदौ । सूर्यविनायक नगरपालिकाले रसुवा (भोटेकोशी) बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत...