कक्षा १२ को नतिजा प्रकाशित

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ०५ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अर्थात् कक्षा १२ को परिक्षाफल प्रकाशित गरेको छ । शुक्रबार बिहान सार्वजनिक गरेको नतिजा अनुसार, नियमतितर्फ ६९.७५ विद्यार्थी ग्रेडेड भएका छन् । 
बोर्डको परिक्षामा ३ लाख ३२ हजार २४१ जना परीक्षामा सहभागी भएका थिए । जसमा २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् भने १ लाख ४७१ जना ननग्रेड भएका छन् । प्रकाशित नतिजा अनुसार, ३.६१ देखि ४ जीपीए ल्याउनेको संख्या १७ हजार ७८६ जना रहेको छ । 

त्यसैगरी ३.२१ देखि ३.६० जीपीए ल्याउनेको संख्या ६४ हजार ८२१ जना रहेका छन् । त्यस्तै २.८१ देखि ३.२० सम्म ९४ हजार २४९ जना विद्यार्थी रहेको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ। त्यसैगरी २.४१ देखि २.८० सम्म जीपीए ल्याउनेको संख्या ५० हजार ५९७ जना रहेको छ ।
त्यस्तै  २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या ४ हजार ३०८ र १.६१ देखि २ सम्म जीपीए ल्याउनेको संख्या ९ जना रहेको छ । आंशिकतर्फ ८५ हजार ९२९ जना विद्यार्थी सहभागी भएकामा ३६ हजार ४२० जना ग्रेडेड भएको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 
आंशिकतर्फ ग्रेडेड हुने  ४२.३८ प्रतिशत रहेका छन् । समग्रमा नियमति र आंशकि गरी ४ लाख १८ हजार १७० जना विद्यार्थीले परीक्षा दिएका थिए । नियमित र आंशिक जोड्दा भने ग्रेडेड प्रतिशत ६४.१३ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।नियमिततर्फ ३० र आंशिकतर्फ १० गरी ४० जनाको परीक्षा रद्द गरिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

राष्ट्रिय सूचना आयोगमा प्रमुखसहित सूचना आयुक्तका लागि आवेदन आह्वान

काठमाडौं, २२ साउन । राष्ट्रिय सूचना आयोगमा रिक्त रहेका पदाधिकारीहरूको नियुक्ति प्रक्रिया अघि बढेको छ । पदाधिकारी नियुक्ति...

मिडिया काउन्सिल विधेयक-२०८३ को मस्यौदामाथि छलफल सुुरु

काठमाडौं, २२ साउन । सूचना तथा सञ्चार मन्त्रालयले मिडिया काउन्सिल विधेयक-२०८३ को मस्यौदामाथि सरोकारवालाहरूसँग छलफल सुरु गरेको छ...

महाङ्काल मन्दिर परिसरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न

काठमाडौं, २२ साउन । महाङ्काल मन्दिर परिसरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाको सम्पदा तथा...

ग्वार्को फ्लाईओभरको भित्तामा ठोक्किएर बस दुर्घटना, एकको मृत्यु १८ जना घाइते

ललितपुर, २१ साउन । ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकस्थित सडकखण्डमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने,१८...