अमेरिको पुर्याइएका आकाश भैरवको मुकुट ३४ वर्षपछि दोलखा फिर्ता

Date:

Share post:

Suryabinayak Nagarpalika

दोलखा, ०५ असार । ऐतिहासिक सम्पदा बस्ती दाेलखाबाट ३४ वर्षअघि चाेरी भएका ´हाथ्य देउ` अर्थात् आकाश भैरवका दुई थान मुकुट बिहीबार दोलखा फिर्ता ल्याइएको छ । २०५० र ०५१ सालमा चाेरी भएका आकाश भैरवका दुवै मुकुट अमेरिका पुर्‌याइएकाे  थियाे । पुरातात्त्विक महत्त्वका दुवै मुकुटलाई सम्पदा संरक्षण अभियानकर्ताले अमेरिकी संग्रहालयमा फेला पारेपछि फिर्ता ल्याउने पहल गरेका थिए । अमेरिकाकाे छुट्टाछुट्टै संग्राहलयमा फेला परेका दुवै मुकुटलाई प्रमाण पेस गरेर फिर्ता गरिएकाे हाे ।

२०८० सालमा अमेरिकी संग्रहालयबाट फिर्ता भएका दुवै मुकुटलाई छाउनीस्थित नेपाली सेनाकाे संग्रहालयमा राखिएकाे थियाे । दाेलखाका नक्छे प्रधान खलककाे कुल घरबाट चाेरी भएका आकाश भैरवका दुवै मुकुटलाई सेनाले स्थानीयलाई हस्तान्तरण गरेपछि फिर्ता ल्याइएको हो । दुवै आकाश भैरवका मुकुटलाई बाजागाजासहित दाेलखा भित्र्याइएकाे छ । दुवै मुकुटकाे  बिहीबार नै नगर परिक्रमा गराएर प्रतिष्ठान गरिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

राष्ट्रिय सूचना आयोगमा प्रमुखसहित सूचना आयुक्तका लागि आवेदन आह्वान

काठमाडौं, २२ साउन । राष्ट्रिय सूचना आयोगमा रिक्त रहेका पदाधिकारीहरूको नियुक्ति प्रक्रिया अघि बढेको छ । पदाधिकारी नियुक्ति...

मिडिया काउन्सिल विधेयक-२०८३ को मस्यौदामाथि छलफल सुुरु

काठमाडौं, २२ साउन । सूचना तथा सञ्चार मन्त्रालयले मिडिया काउन्सिल विधेयक-२०८३ को मस्यौदामाथि सरोकारवालाहरूसँग छलफल सुरु गरेको छ...

महाङ्काल मन्दिर परिसरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न

काठमाडौं, २२ साउन । महाङ्काल मन्दिर परिसरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाको सम्पदा तथा...

ग्वार्को फ्लाईओभरको भित्तामा ठोक्किएर बस दुर्घटना, एकको मृत्यु १८ जना घाइते

ललितपुर, २१ साउन । ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकस्थित सडकखण्डमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने,१८...