डीएभी स्कुलको चौथो तलाबाट खसेको विद्यार्थीको मृत्यु

Date:

Share post:

Suryabinayak Nagarpalika

ललितपुर, ०२ असार । ललितपुरको डीएभी स्कुलको चौथो तलाबाट खसेका एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा चाबहिल बस्ने १८ वर्षीय आर्यन सिंह रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए । घटना सोमबार दिउँसो साढे १२ बजेको हो । सिंह चौथो तलाबाट खसेका थिए । उपचारका लागि सुमेरु सिटी अस्पताल लगिएको साँझे साढे ६ बजेतिर चिकित्सकले मृत घोषण गरेको बताइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ । स्कुलको सीसीटीभी फुटेजमा समेत उनले हामफालेको देखिएको प्रहरी स्रोतले बतायो । साथै उनको साथबाट सुसाइड नोट फेला परेको छ । उक्त सुसाइड नोटको फरेन्सीक जाँच भने हुन बाँकी नै छ । उक्तस्थानबाट सुसाइड नोट फेला परेको र उक्त अक्षर उनैको हुन/होइनन् जाँच गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...