१ किलो ५०० ग्राम अवैध लागु औषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०१ जेठ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंबाट करिब १ किलो ५०० ग्राम अवैध लागु औषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा एक जना सेनेगलका पुरुष र दुई जना भारतीय महिला रहेका छन् ।
ब्युरोका अनुसार जेठ २६ गते कतार एयरवेजको उडान नम्बर क्युआर ६४६ मार्फत इथियोपियाबाट दोहा हुँदै काठमाडौँ आएका सेनेगलका ४३ वर्षीय नागरिक आमादु सारलाई शङ्कास्पद रूपमा निगरानीमा राखिएको थियो । उनलाई ठमेलस्थित एक होटलबाट नियन्त्रणमा लिई खानतलासी गर्दा सुरुमा उनको मुखबाट निलेर पेटभित्र लुकाई ल्याइएको १६ वटा प्लास्टिक कोटेड कोकिन क्याप्सुल फेला परेको थियो ।

थप अनुसन्धानका क्रममा उनको पेटभित्र अन्य क्याप्सुलहरू समेत रहेको खुलेपछि प्रहरीले उनलाई अस्पताल भर्ना गराई चिकित्सकहरूको सहयोगमा थप ६० वटा क्याप्सुल निकालेको थियो । उनको पेटबाट निकालिएका जम्मा ७६ वटा क्याप्सुलभित्र कुल १ किलो ५०० ग्राम कोकिन फेला परेको ब्युरोले आज एक विज्ञप्ति निकालेर जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका सारमाथि थप अनुसन्धान गर्ने क्रममा उक्त कोकिन बुझ्न भारतको नयाँ दिल्लीबाट दुई महिला काठमाडौँ आएको खुलेको थियो । सोही सूचनाका आधारमा प्रहरीले जेठ ३१ अर्थात् आइतबार ठमेलस्थित सोही होटलबाट भारतको दक्षिण दिल्ली, खानपुर बस्ने ३६ वर्षीया रुबी र ३१ वर्षीया सोनीलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूबाट एक थान राहदानी, भारतीय आधार कार्ड २ थान र ३ थान मोबाइल पनि बरामद गरेको जनाएको छ । ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीका अनुसार पक्राउ परेका तीनै जना प्रतिवादीहरूमाथि लागु औषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...