साना तथा मझौला व्यवसायीले डिजिटल माध्यमबाटै बिनाधितो १० लाखसम्म ऋण पाउने

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २६ जेठ । लघु, साना तथा मझौला व्यवसायीले कारोबारमा आधारित भएर डिजिटल माध्यमबाटै कर्जा पाउन सक्ने भएका छन्। यस्ता व्यवसायीले अब डिजिटल माध्यमबाट १० लाख रूपैयाँसम्म कर्जा पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यस्तो कर्जा लिन धितो राख्नुपर्ने छैन   डिजिटल माध्यमबाट प्रवाह हुने कर्जा मार्गदर्शन सच्याउँदै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।

दीर्घकालीन प्रकृतिको चालु पुँजी कर्जाका रूपमा यस्ता व्यवसायीलाई १० लाखसम्मको ऋण डिजिटल माध्यमबाटै दिने व्यवस्था नयाँ मार्गदर्शनले गरेको छ। एक वर्ष अवधिको अल्पकालीन चालु पुँजी कर्जाका रूपमा भने यी व्यवसायीले पाँच लाख रूपैयाँसम्म प्राप्त गर्ने भएका छन्।
अहिले पनि तलबी खाता हुने ग्राहकले तीन वर्षका लागि पाँच लाख रूपैयाँसम्मको कर्जा डिजिटल माध्यमबाटै प्राप्त गर्दै आएका छन्।

तलब खाता बाहेक अन्य खाता हुने सर्वसाधारण ग्राहकले भने तीन वर्षका लागि दुई लाख रूपैयाँसम्म कर्जा पाइरहेका छन्।ग्राहकले डिजिटल माध्यमबाट गरेको कारोबार विवरण, भुक्तानी विवरण लगायत व्यवसाय सम्बन्धी अन्य विवरणका आधारमा यस्तो कर्जा दिइनेछ। यसका लागि बैंक तथा वित्तीय संस्थाहरूले प्रविधिप्रदायक संस्थाहरूसँग सहकार्य गर्न सक्ने व्यवस्था गरिएको छ। यसमा हुने जोखिमको व्यवस्थापन बैंक तथा वित्तीय संस्थाले नै गर्नु पर्नेछ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...