गृह मन्त्रालय फर्किँदै सुधन गुरुङ, मंगलबार नै सपथ ग्रहण

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २६ जेठ । गृहमन्त्रीमा सुधन गुरुङलाई पुनः जिम्मेवारी दिइने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले गुरुङलाई गृहमन्त्री बनाउने निर्णय लिएका हुन् ।
प्रधानमन्त्री शाहले गुरुङलाई मंगलबार नै गृहमन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेका हुन् । मंगलबार ३ बजे शपथग्रहणको कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्रीमा गुरुङलाई नियुक्ति गरेर शपथको कार्यक्रम तय भएको छ । लगानीका विषयमा विवाद उत्पन्न भएपछि गुरुङले वैशाख ९ गते राजीनामा दिएका थिए ।
प्रतिनिधिसभाको २०८२ फागुन २१ को निर्वाचनमा संसद्मा झन्डै दुई तिहाइ सिट जितेपछि गत चैत १३ मा गठित वालेन्द्र शाह नेतृत्वको सरकारमा गुरुङलाई गृहमन्त्रीको जिम्मेवारी दिइएको थियो । सम्पत्तिको विवरणको विषयमा प्रश्न उठेपछि उनले बैशाख ९ गते राजीनामा गरेका थिए ।
२८ वैशाखमा मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य थिए । छानबिन समितिले शुक्रबार प्रधानमन्त्री शाहलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन मन्त्रिपरिषद्को मंगलबारको बैठकले ग्रहण गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
समितिले सम्पत्तिका हकमा निर्वाचन आयोगमा २१ फागुनको निर्वाचनअघि बुझाएको सम्पत्ति र गृहमन्त्री भएपछि सार्वजनिक भएको सम्पत्तिको पनि तुलना गरिएको छ ।
छानबिन समितिका एक सदस्यका अनुसार गुरुङका नाममा धनकुटाको कार्कीछाप (भेडेटार क्षेत्र) मा १९ रोपनी १५ आना जग्गा र बाबुका नाममा चितवनको भरतपुर-१८ मा ३० कट्ठा र बाजेको गोरखाको चुमनुव्रीमा २ सय २१ रोपनी भएको पाइएको छ । गोरखाको जग्गाको धेरै मूल्यांकन नहुने देखिएको, चितवन र भेडेटारको जग्गा मात्र केही महँगो रकमको हुन सक्ने भएकाले अस्वाभाविक भन्न नमिल्ने भनी प्रतिवेदनमा लेखिएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...