वीरगन्जका मेयर सिंहसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २६ जेठ । झुटा कागजात पेस गरी नागरिकता दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अर्कैकी छोरीलाई आफ्नो भनी कागजात बनाई नागरिकता दिलाएको आरोपमा सिंहसहितलाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
अख्तियारले सिंहको छोरी बनी नागरिकता लिएको भन्दै सिन्धुपाल्चोककी रिता भट्टराईविरुद्ध पनि मुद्दा दायर गरेको छ । त्यस्तै वीरगन्ज-३ का तत्कालीन वडा सचिव भिखारी राय र तत्कालीन कार्यबाहक वडाध्यक्ष तुफैल अख्तर ठकुराईविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्यस्तै गृह मन्त्रालयको छानबिन समितिका संयोजक र सदस्य तत्कालीन उपसचिव पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेललाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।
मेयर सिंहविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, दफा ११ , दफा १२ र दफा १९ को उपदफा (२) बमोजिमको कसुरजन्य कार्यको नगदी, जिन्सी वा अन्य कुनै सुविधा वा लाभ उपलब्ध गराइदिने वा आफुले लिने मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले सोही ऐनको दफा ९, दफा ११, दफा १२ र दफा १९ को उपदफा (२) बमोजिम हुने सजायलाई आधारमानी सोही ऐनको दफा २२ बमोजिम मुख्य कसुरदारसरह सजाय हुन मागदाबी गरेको छ ।
यसअघि यही आरोपमा पक्राउ परेका  मेयर सिंहलाई  रिहा गर्न जेठ १९ गते पर्सा जिल्ला अदालतले आदेश दिएको थियो । जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । पर्सा जिल्ला अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार मेयर सिंहविरुद्ध दुई वटा कसूरमा मुद्दा दर्ता भएको थियो । दस्तखत किर्तेमा ४ लाख र झुटो विवरण पेस गरी नागरिकता बनाएको कसूरमा १५ हजार धरौटीमा माग गरिएको हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

ग्वार्को फ्लाईओभरको भित्तामा ठोक्किएर बस दुर्घटना, एकको मृत्यु १८ जना घाइते

ललितपुर, २१ साउन । ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकस्थित सडकखण्डमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने,१८...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं, २१ साउन । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । बुधबार बसेको...

बागमती एमालेमा नेतृत्व परिवर्तनको दबाब, किरण थापाको पक्षमा १९ सांसद

काठमाडौं, २० साउन । बागमती प्रदेश सरकार गठनको प्रक्रिया लम्बिँदै गएपछि नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलभित्र नेतृत्व...

राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्ने विधेयक बहुमतले पारित

काठमाडौं, १९ साउन । राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको सट्टा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राख्ने विधेयक राज्य...