खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २१ जेठ । भक्तपुर नगरपालिका-१० छालिङ रोडस्थित सैनिक ब्यारेक नजिकै खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ । बुधबार साँझ काठमाडौं शंकरापुर नगरपालिका-६ नाङ्लेभारे घरभई सैनिक ब्यारेकको पछाडि डेरा कोठामा बस्ने ३८ वर्षीय विदुर विश्वकर्माले आफ्नै श्रीमती ३३ वर्षीया सलिना तोलाङ्गे विश्वकर्मालाई धारिलो हतियार खुकरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादको क्रममा आफ्नै डेरा कोठामा खुकुरीले शरीरका विभिन्न भागमा प्रहार गरी घाइते भएकी सलिनाको घटनास्थलमै मृत्यु भएको भक्तपुर प्रहरी प्रवक्ता डिएसपी प्रकाश जबेगुले बताए ।

बुबाले आमालाई आक्रमण गर्दा छुट्टाउने क्रममा उनीहरूका छोरा ८ वर्षीय त्रिशल विश्वकर्मा घाइते भएका छन् । घाइते त्रिशलको भक्तपुर अस्पतालमा उपचार भई  डिस्चार्ज भएको प्रहरीले जनाएको छ । उनको आवश्यक संरक्षणको लागि परिसर भक्तपुरको बाल मैत्री कक्षमा राखिएको डिएसपी जबेगुले जानकारी दिए। घटनास्थलबाट जिल्ला प्रहरी परिसर भक्तपुर प्रमुख एसपी सूर्य बहादुर खड्‌काको कमाण्डमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी हत्यामा प्रयोग भएको खुकुरी बरामद गरेको छ भने, विदुर विश्वकर्मालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...