चाँगुनारायण नगरपालिका-५ सार्वजनिक सुनुवाइ : गुणस्तरीय स्वास्थ्य, शिक्षा र दिगो पूर्वाधार विकासको प्रयास

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, १४ जेठ । भौगोलिक रूपमा भक्तपुरको सबैभन्दा ठूलो वडाका रूपमा रहेको चाँगुनारायण नगरपालिका-५ ले सीमित स्रोत साधनको बाबजुत सर्वसुलभ सेवा प्रवाह, गुणस्तरीय स्वास्थ्य र शिक्षा तथा दिगो भौतिक पूर्वाधार विकासमा फड्को मारेको दाबी गरेको छ । राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिका सहकार्य र चाँगुनारायण नगरपालिका-५ वडा कार्यालयको समन्वय बुधबार आयोजित सार्वजनिक सुनुवाइ तथा प्रगति समीक्षा कार्यक्रममा नगर गौरवका आयोजनाका रूपमा ‘फास्ट ट्र्याक’ सडक निर्माण, ग्रामीण भेकमा फराकिला सडकको सीमाङ्कन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, पर्यटन प्रवर्द्धन, कृषिको आधुनिकीकरणलगायत क्षेत्रमा जनअपेक्षाअनुसार कार्यसम्पादन गरिएको जानकारी दिइएको छ।

चाँगुनारायण नगरपालिका-५ का वडाध्यक्ष जयन्द्र खड्काले साँधुरा गोरेटो बाटो र सडकको सीमाङ्कन र स्तरोन्नति, नगर गौरव आयोजनाको कार्यान्वयन, सर्वसुलभ सेवा प्रवाह, सार्वजनिक यातायात र सडक पूर्वाधार निर्माणमा वडावासीले महसुस गर्नेगरी परिवर्तन ल्याइएको दाबी गरे। चालु आर्थिक वर्षमा वडावासीलाई स्वच्छ पिउने पानीको पहुँच पुर्याउन एक करोड २४ लाख रूपैयाँलागतमा छालिङ बृहत् खानेपानी आयोजनाको ठेक्का लगाइएको छ । नगरोन्मुख भूभाग बढी रहेको सो क्षेत्रमा ११ वटा डिप बोरिङ सम्पन्न गरी घरघरमा पिउने पानीको सुविधा पुर्याइएको छ ।

कमलविनायक-नगरकोट, तेलकोट-गोरखनाथ, खरिपाटी-मनकामना, सैनिक शिक्षालय-वडा कार्यालय हुँदै मच्छेनारायण सडक १२ मिटर फराकिलो स्तरोन्नति गरी कालोपत्र गर्ने तयारीमा रहेको उक्त कार्यक्रममा जानकारी दिइएको छ । पछिल्लो दुई कार्यकाल वडाको नेतृत्व सम्हालेका वडाध्यक्ष खड्का जनताको विश्वास टुट्न नदिने गरी वडावासीको सल्लाह र सुझावमा नै विकास र सुशासनको अभियान अगाडि बढाइएको बताउँछन् ।

वडा कार्यालयले महिला उद्यमशीलता कार्यक्रममार्फत एकल महिला र महिलालाई आर्थिकोपार्जनका विभिन्न तालिम प्रदान गरेको छ । ज्येष्ठ नागरिकलाई एक्लोपन महसुस हुन नदिन मनोपरामर्श, बालमैत्री कार्यक्रममार्फत बालबालिकालाई चित्रकला तथा खेलकुद र युवालक्षित विभिन्न परियोजना सञ्चालन गरेको छ ।

कृषि, पर्यटन र पूर्वाधारमा स्थानीयको चासो

सार्वजनिक सुनुवाइमा सहभागी स्थानीयले कृषि, पर्यटन र पूर्वाधार क्षेत्रको विकासमा चासो राखेका थिए । सहरीकरणको प्रभाव न्यून रहेको छालिङको अधिकांश भूभाग कृषियोग्य छ ।
कार्यक्रममा वडावासीले रासायनिक मलको अभाव, विपद् व्यवस्थापनको तयारी, सडक स्तरोन्नति, सेवा प्रवाह, पूर्वाधार विकासका लागि बजेट वृद्धि, पिउने पानी, अपाङ्गमैत्री पूर्वाधार, रोजगारी सिर्जना, सीपयुक्त तालिमको व्यवस्था गर्न माग गरेका थिए ।

स्रोत र जनअपेक्षाको चेपुवामा जनप्रतिनिधि

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कानुसार छालिङमा चार हजार ५५९ जना पुरुष र चार हजार ६९५ महिला गरी नौ हजार २५४ जनाको बसोबास छ । सो वडामा दुई हजार ९९७ घरधुरी रहेका छन् । साविकको छालिङ गाउँ विकास समितिका रूपमा रहेको सो वडा ९ दशमलव ६१ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ ।

भौगोलिकरूपमा जिल्लाकै ठूलो सो वडामा ७२ किलोमिटर सडक सञ्जाल रहेको छ । वडाको बजेट जम्मा रु दुई करोड रहेको छ । सीमित स्रोतका कारण जनअपेक्षअनुसार काम गर्न नसकिएको जनप्रतिनिधिको गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

टिकटकर तुलसा अधिकारी पक्राउ

काठमाडौं, १७ जेठ । टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई थाइल्यान्डबाट...

सुनको भाउ २० हजार ५ सय बढ्यो

काठमाडौं, १७ जेठ । केही दिनयता ओरालो लागेको सुनको मूल्य आज (आइतबार) ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी...

हेटौंडा-काठमाडौं जोड्ने चित्लाङ-थानकोट सडक दुईसाता बन्द

काठमाडौं, १७ जेठ । हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीको चित्लाङ-थानकोट सडकमार्गमा आइतबारदेखि सवारी साधन आवागमन बन्द गरिने भएको छ...

निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बीमा सेवा बन्द

काठमाडौं, १६ जेठ । स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय संकट गहिरिँदै जाँदा आज (शनिबार) देखि निजी अस्पतालमा आकस्मिक सेवाबाहेक...