भदौ २४ को घटना पूर्वयोजनाअनुसार गरिएको संगठित आपराधिक कार्य भएको राष्ट्रिय मानव अधिकार आयोग ठहर

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १४ जेठ । जेन-जी प्रदर्शनका क्रममा गत भदौ २४ मा भएका घटनालाई पूर्वयोजनाअनुसार गरिएका संगठित आपराधिक योजना भएको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ । भदौ २३ र २४ को जेन-जी आन्दोलनको घटनासम्बन्धी आन्दोलनबारेको रिपोर्ट सार्वजनिक गर्दै आयोगले उक्त ठहर गरेको हो । ‘भदौ २४ को घटना २३ गतेको घटनाबाट प्रभावित आक्रोशित व्यक्तिको कारणले सुरुवात भएको देखिए तापनि २४ को घटनाको प्रकृति अवस्था एकै समयमा, एकै उद्देश्य लिई देशैभरि भएको देखिँदा यी घटनाहरू अगाडिदेखि नै गरिएको पूर्वयोजनाअनुसार संगठनिक रुपमा गरिएको आपराधिक कार्य हुन् भन्नेमा अनुसन्धान प्रतिवेदनको रायलाई अन्यथा भनिरहनु पर्ने अवस्था देखिएन,’ आयोगको प्रतिवेदनमा लेखिएको छ ।
भदौ २४ का सबै घटनालाई आपराधिक गतिविधिको रूपमा हेर्नुपर्ने आयोगको भनाइ छ । ‘उक्त दिनका प्रायः सबै घटनालाई आपराधिक गतिविधिको रुपमा हेरी र सम्बोधन गर्नुपर्ने देखियो,’ आयोगको प्रतिवेदनमा उल्लेख छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कागेश्वरीकी इन्जिनियर दिपा कार्की ६४ हजार घुससहित पक्राउ

काठमाडौं, १६ भदौ । कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की ६४...

बोडेमा ऐतिहासिक निलबाराही नाच प्रदर्शन

भक्तपुर, १६ भदौ । मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा ऐतिहासिक नीलबाराही नाच प्रदर्शन गरिएको छ । हरेक वर्ष भाद्र द्वितीयादेखि...

रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ।...

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...