कान्समा जुरी प्राइज जितेर फर्केरका फिल्मकर्मीलाई संचारमन्त्रीको स्वागत

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ११ जेठ । कान्समा जुरी प्राइज जितेर फर्केरका फिल्मकर्मीहरुलाई चलचित्र विकास बोर्डले स्वागत गरेको छ । ‘एलिफेन्ट्स् इन्द द फग’का निर्देशक अविनाश विक्रम शाह, निर्माता अनुप पौडेल र कलाकार पुष्पा थिङ लामालाई साेमबार बिहान त्रिभुवन विमानस्थलमा खादा र माला लगाउँदै सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले स्वागत गरेका हुन् । बाजागाजा बजाउँदै  टोलीलाई स्वागत गरिएको हो ।

बोर्डले ‘एलिफेन्ट्स् इन्द द फग’को जीतलाई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय यात्रामा ऐतिहासिक उपलब्धि भन्दै यो कार्यक्रम आयोजना गरेको हो । बोर्डले विमानस्थलमै पत्रकार सम्मलेनको आयोजना गर्दै निर्माण टोली बधाई दिएको छ।
बोर्डले उनीहरुलाई २ लाख ५० हजार रुपैयाँ  दिने निर्णय पनि गरेको छ । ‘त्यो भन्दा बढी सरकारले के गर्न सक्छ, बसेर निर्णय गर्न सकिन्छ,’ मन्त्री तिमल्सिनाले भने,’ धन्यवाद एलिफेन्ट्स् इन्द फग, यो उपलब्धिका लागि । यो पक्कै राष्ट्र चिनाउने ठूलो कार्य हो । यसले राष्ट्रको नामलाई झनै उच्च बनाइदिएको छ ।’ ‘एकदम खुशी लागेको छ । यस्तो स्वागत माया कहिल्यै पाएको थिएन । धेरै नै खुशी छु । उत्साहित पनि भएको छु,’ निर्देशक शाहले भने ।
यो फिल्मले ७९ औं कान्सको ‘अन सर्टेन रिगार्ड’तर्फको जुरी प्राइज जितेको हो । यो विधा मुख्य प्रतिस्पर्धापछिको महत्त्वपूर्ण हो भने यही अवार्ड पनि ‘अन सर्टेन रिगार्ड’तर्फको दोस्रो उच्च उपलब्धि हो । यसअघि शाह निर्देशित लघु फिल्म ‘लोरी’ले ‘कान्स’मै स्पेशल मेन्सन पाएको थियो । त्यतिबेला उनको जीतको चर्चा यति भएको थिएन । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

भक्तपुरमा एक वर्षमै ४२ अर्ब २३ करोड खर्च

भक्तपुर, ०१ असार । गत आर्थिक वर्ष २०८२ /०८३ मा भक्तपुर जिल्लामा चालु र पूँजीगत गरी ४२ अर्ब...

बागमती प्रदेश अन्तर्गतका एघार प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा: स्वास्थ्यमन्त्री किरण थापा

मकवानपुर, ०१ साउन । बागमती प्रदेश सरकारले प्रदेशका १३ प्रादेशिक अस्पतालमध्ये काठमाडौँ र ललितपुरबाहेक ११ वटा प्रादेशिक अस्पतालबाट...

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...