स्नातक उत्तीर्ण पेशाकर्मी र स्नातकोत्तर उत्तीर्णलाई सम्मान गरिने 

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ८ जेठ । काठमाडौं महानगरपालिका वडा नं. १२ ले स्नातक तह उत्तीर्ण पेशाकर्मी र स्नातकोत्तर तह उत्तीर्ण सबैलाई सम्मान गर्ने भएको छ । बिहीबार पत्रकारहरु सम्मेलन गर्दै वडाध्यक्ष एवं महानगरपालिकाको वातारण समितिका संयोजक बालकृष्ण महर्जनले, व्यक्तित्व र पेशा पहिचान तथा युवाहरुलाई भविष्यप्रति सकारात्मक बनाउन विगत वर्षदेखि नै सम्मान कार्यक्रम आयोजना भइरहेको जानकारी दिए ।

वडाका स्थायीबासीलाई प्रदान गरिने यो सम्मानका लागि जेठ ११ गतेभित्र शैक्षिक योग्यता तथा पेशाकर्मीका लागि नवीकरण भएका प्रमाण पत्रको प्रतिलिपि बुझाउन वडाले आग्रह गरेको छ । यससँगै मतदाता परिचय पत्र वा बसाईँ सराई आएको प्रमाण पत्रसहित वैयक्तिक फाराम भरेर २ प्रति पासपोर्ट साइजको फोटो दिनुपर्नेछ ।

वडाले २०८१ सालमा ६७ जना विद्वत व्यक्तित्व, चक्रेश्वर, गुरु, नायः, कजि गरी ३४ जनालाई सम्मान गरेको थियो । २०८२ सालमा १६३ जना व्यक्तित्वलाई सम्मान प्रदान गरिएको थियो । यस पटक विद्वत वर्गमा इञ्जिनियर, एमबीबीएस डाक्टर, चार्टर अकाउन्टेन, रजिष्ट्रर्ड अडिटर, पाइलट, विद्यालय–क्याम्पसका प्रधानाध्यापकहरु, राष्ट्रिय अन्तरराष्ट्रिय खेल प्रतियोगिताका पदक विजेतासहितलाई सम्मान गर्ने योजना छ । ‘दिनहुँ यान्त्रिक जीवनतिर लम्किरहेका वडावासी सम्मानका दिन एक ठाउँमा भेला हुनेछन् । एक अर्काको पेशाप्रति परिचित हुनेछन् । आफूलाई आवश्यक परेको पेशासँग सम्बन्धित सेवा वडाबासीबाट सजिलै लिने वातावरण बनाउनेछन्,’ उनले भने ।

सम्मानका लागि प्राप्त भएका कागजपत्रको रुजु गरेर वडालाई बुझाउन ज्ञानीबाबु सिंहको संयोजकत्वमा प्रचण्डमान बज्राचार्य, राजा डंगोल, तीर्थनारायण महर्जन र हरिगोविन्द रञ्जितकार सदस्य रहेको छनोट समिति बनाइएको छ । समितिका संयोजक सिंहले, काम थालनी गरिसकिएको जानकारी दिए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...