‘नोभा’ आइसक्रिम खान अयोग्य

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ३ जेठ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरास्थित फिस्टेल डेरी प्रालिबाट उत्पादित ‘नोभा’ ब्रान्डको आइसक्रिम मानव उपभोगका लागि अनुपयुक्त भएको भन्दै बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ ।

विभागले बजार अनुगमन क्रममा संकलन गरिएको नमुना प्रयोगशालामा परीक्षण गर्दा गुणस्तरहीन पाइएकाले उक्त उत्पादनमा रोक लगाएको हो । प्रयोगशालामा गरिएको परीक्षण क्रममा उक्त आइसक्रिममा टोटल ब्याक्टेरिया काउन्ट, कोलिफर्म काउन्ट र इन्टेरोब्याक्टेरिएसी काउन्ट जस्ता हानिकारक जीवाणुहरूको उपस्थिति मापदण्डभन्दा बढी भेटिएको छ ।

यस्ता ब्याक्टेरियाको उपस्थितिले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने देखिएकाले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को प्रावधान बमोजिम यो कदम चालिएको विभागले जनाएको छ । पोखरा औद्योगिक क्षेत्रमा रहेको उक्त डेरीबाट उत्पादित ब्याच नम्बर सीओ२ रहेको १ हजार मिलिलिटरको आइसक्रिम बजारबाट तुरुन्त फिर्ता गर्न आदेश दिइएको छ ।

उत्पादन मिति १९ साउन २०८२ उल्लेख भई १२ महिनासम्म उपभोग्य अवधि रहेको उक्त ब्याचका सबै आइसक्रिम खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा ३८ को उपदफा २ र ४ बमोजिम बिक्री वितरण नगर्न र नगराउन समेत विभागले सम्बन्धित उत्पादकलाई निर्देशन दिएको छ । विभागले उपभोक्ताहरूलाई समेत स्वास्थ्य जोखिम ध्यान दिँदै उक्त ब्याचको उत्पादन प्रयोग नगर्न सचेत गराएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...