रञ्जना लिपिसहितका परिचय पाटी

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २८ वैशाख । काठमाडौं महानगरपालिकाको वडा नं. २३ ले रञ्जना लिपिको संरक्षणका लागि वडाभित्रका व्यवसायको परिचय पाटी रञ्जना लिपिमा राख्न सुरु गरेको छ । वडामा व्यवसाय दर्ता गरेका र नियमित कर तिर्ने ५० जना करदातालाई उपहार स्वरुप पहिलो चरणमा बत्ती जडित बोर्ड जडान गरिदिएको हो । बोर्ड जडान कार्यको निरीक्षणका लागि कार्यबाहक प्रमुख सुनिता डंगोल झोछेँ पुगेकी थिइन् ।

कार्यक्रमको पहिलो चरणमा जुद्ध शालिकबाट बसन्तपुरतर्फ, नौतले दरबारबाट झोछेँ हुँदै ओमबहालतर्फका व्यवसायीको व्यवसायमा परिचय पाटी जडान गरिएको छ । गोलाकार बोर्डको माथिल्लो भागमा साना अक्षरमा अंग्रेजी भाषा, बिचमा ठुलो अक्षरमा रञ्जना लिपि र तल्लो भागमा देवनागरी लिपिमा ठेगाना लेखिएको छ । यो डिजाइनका लागि क्यालीजात्रा फाउन्डेसनले सहयोग गरेको हो । कार्यक्रम कार्यान्वयनमा झोँछे सामुदायिक समाजले संयोजन गरिरहेको छ ।

‘यो मौलिक र पर्यटकीय क्षेत्र हो । यो क्षेत्रको मौलिकता बचाउन र दृश्यात्मक सुन्दरता बढाउन हामीले यो काम अगाडि बढाएका हौँ,’ वडाध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जनले भने, ‘रञ्जना लिपिको संरक्षण गर्न, व्यवसायहरुमा राखिने परिचय पाटीको आकार र शैलीमा एकरुपता कायम गराउन, करदातालाई कर तिर्न प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ ।’ महर्जनका अनुसार वडाभित्र करिब ७ सय व्यावसायी छन्। दर्ता र नियमित कर तिर्ने करदातालाई चरणबद्ध रुपमा परिचय पाटी वितरण गर्दै लगिनेछ । सम्पदा संरक्षणकर्मी एवं स्थानीय गणपतिलाल श्रेष्ठले वडाको कामबाट झोँछे क्षेत्रको मौलिकता र पर्यटन व्यवस्थापन योजनामा टेवा दिएको प्रतिक्रिया दिए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...