भक्तपुरको घरदैलोमै राहदानी

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २३ वैशाख ।  जिल्ला हुलाक कार्यालयले अब जनताको घरदैलोमै राहदानी (पासपोर्ट) पुर्‍याइदिने भएको छ । अब राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र जिल्ला हुलाक कार्यालय प्रमुख सीता साम्बाले समझदारीपत्रमा हस्ताक्षर गरेसँगै ‘जनताको घरदैलो सेवा’ सञ्चालनमा आएको हो ।

भक्तपुरमा अब राहदानी (पासपोर्ट) लिने सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच भएको समझदारीअनुसार अब राहदानी हुलाकमार्फत सेवाग्राहीको घरमै पुर्‍याइने भएको छ ।

प्रजिअ ढकालले नेपाल सरकार मन्त्रिपरिषदबाट स्वीकृत सरकारी सेवा सुधारसम्बन्धी कार्यक्रमअन्तर्गत ‘जनताको घरदैलो सेवा’ अवधारणा लागू गर्दै अब हुलाक कार्यालयबाट जनताको घरदैलोमै राहदानी पुर्‍याउने व्यवस्था गरिएको बताए ।

उनले राहदानी वितरणलाई सहज, छिटो र प्रविधिमैत्री बनाउन तथा सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयमै आउनुपर्ने बाध्यता अन्त्य गर्दै घरदैलो सेवा सञ्चालनमा ल्याएको बताए ।सम्झौता भएसँगै यो सेवा कार्यान्वयनमा आएको बताउँदै प्रजिअ ढकालले सेवाग्राहीको राहदानी हुलाकका कर्मचारीमार्फत सुरक्षित रूपमा घरघरमा पुर्याइने बताए ।

जिल्ला हुलाक कार्यालय प्रमुख साम्बाले सम्झौता कार्यान्वयनमा आइसकेको बताउँदै बुधबारदेखि हुलाकको एक कर्मचारी जिल्ला प्रशासन कार्यालयमै बसेर फाराम भराउने जानकारी दिइन्। ‘जनताको घरदैलो सेवा स्वेच्छिक हो, जिल्ला प्रशासन कार्यालयमा लिन जान चाहनेले त्यही फाराम भर्नु पर्नेछ, हुलाकबाट लिन चाहनेले थप एउटा फाराम भर्नु पर्नेछ, घरघरमा पुर्‍याउनका लागि भने हुलाक ऐनअनुसार दस्तुर भने तिर्नुपर्नेछ,’ उनले भनिन् ।

राहदानी विभागबाट प्राप्त राहदानी जिल्ला प्रशासन कार्यालयबाट सेवाग्राहीको नाम, ठेगाना, सम्पर्क विवरणसहित जिल्ला हुलाक कार्यालयमा पठाइने र त्यसको एकसाताभित्र हुलाक कार्यालयले सेवाग्राहीको घरमै राहदानी पुर्‍याउने उनले जानकारी दिइन् । नियमानुसार यस सेवाका लागि लाग्ने हुलाक दस्तुरबापत रु ५५ शुल्क भने सेवाग्राहीले आफैँ व्यहोर्नुपर्ने उनले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

भक्तपुरमा एक वर्षमै ४२ अर्ब २३ करोड खर्च

भक्तपुर, ०१ असार । गत आर्थिक वर्ष २०८२ /०८३ मा भक्तपुर जिल्लामा चालु र पूँजीगत गरी ४२ अर्ब...

बागमती प्रदेश अन्तर्गतका एघार प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा: स्वास्थ्यमन्त्री किरण थापा

मकवानपुर, ०१ साउन । बागमती प्रदेश सरकारले प्रदेशका १३ प्रादेशिक अस्पतालमध्ये काठमाडौँ र ललितपुरबाहेक ११ वटा प्रादेशिक अस्पतालबाट...

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...