पेस्तोल देखाएर सुनचाँदी पसल लुट्न खोज्ने दुई जना पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २३ वैशाख । काठमाडौंमा पेस्तोल देखाएर लुट्ने प्रयास गरेको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। वैशाख १७ गते इन्द्रचोकस्थित नैना एन्ड इसन ज्वेलर्समा लुटपाटको प्रयास गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेहरुमा भक्तपुर मध्यपुरथिमी नगरपालिका-९ बोडेका ३० वर्षीय विकेश राजवाहक र काठमाडौं महानगरपालिका-१९ का ३४ वर्षीय अरूण भुजेल छन्। उनीहरूको साथबाट प्रहरीले चाईनिज पेस्तोल १ थान, चाईनिज म्यागेजिन १ थान, गोली १ थान, नक १ थान, घटना भएको समयको प्रयोग भएको कपडाहरू र स्कुटर एक थान बरामद गरेको छ ।
उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा समेत बाहिरिएको थियो। जहाँ हेलमेट, नकाब र कालो कपडा लगाएका दुई जना पसल छिरेको देखिन्छ। एक्लै बसिरहेकी एक जना महिलालाई उनीहरूले पेस्तोल तेर्साएर लुट्ने प्रयास गरेको भिडिओमा देखिएको छ। ती महिला कर्मचारीले पनि त्यस घटनामा प्रतिरोध गरेपछि उनीहरू भागेका थिए।
एसपी भट्टराईका अनुसार उनीहरूले त्यस दिन लुट्न सकेका थिएनन्। तर, नजिकै एक पसलमा चोरी भएको घटनासँग पनि सम्बन्धित हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कागेश्वरीकी इन्जिनियर दिपा कार्की ६४ हजार घुससहित पक्राउ

काठमाडौं, १६ भदौ । कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की ६४...

बोडेमा ऐतिहासिक निलबाराही नाच प्रदर्शन

भक्तपुर, १६ भदौ । मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा ऐतिहासिक नीलबाराही नाच प्रदर्शन गरिएको छ । हरेक वर्ष भाद्र द्वितीयादेखि...

रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ।...

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...