भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा उल्लेख्य प्रगति : सूर्यविनायक नगरपालिका ८

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २२ वैशाख । सूर्यविनायक नगरपालिका-८ ले पछिल्लो कार्यकालमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको जनाएको छ । वडा अध्यक्ष पुष्पराज बस्नेतले वडा स्तरीय प्रगती सुनाउँदा विकास-निर्माणको ताजा अवस्था सार्वजनिक भएको हो ।
साविक सिपाडोल गाविसका ९ वटै वडा समेटिएको वडा नं. ८ क्षेत्रफल र जनसंख्याका आधारमा भक्तपुरको दोस्रो ठूलो वडा मानिन्छ । पश्चिममा गणेशस्थानदेखि पूर्वमा बनेपा नगरपालिकासम्म फैलिएको यस वडामा भौगोलिक र सामाजिक विविधता रहेको छ । नेवार, तामाङ, बाहुन, क्षेत्री, दलित लगायत विभिन्न समुदायको बसोबास रहेको यस क्षेत्रमा पछिल्लो समय कृषि पेशाबाट व्यापार-व्यवसायतर्फ आकर्षण बढ्दो क्रममा रहेको वडा अध्यक्ष बस्नेतले जानकारी दिएका छन् ।

पूर्वाधार विकासमा तीव्रता
वडाध्यक्ष पुष्पराज बस्नेतका अनुसार निर्वाचित भएपछि जनताको मागअनुसार भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको छ । तीनै तहका सरकारको समन्वयमा सडक विस्तार तथा स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढाइएको छ । डोलेश्वर–पाटीभञ्ज्याङ सडक र नैचाल क्षेत्रका सडक निर्माण कार्य जारी छन् भने वडा कार्यालय जाने १२ मिटर चौडाइको सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
त्यसैगरी, डोलेश्वर मन्दिर क्षेत्रको पूर्वाधार विकास, विभिन्न स्थानमा मर्मत सम्भार तथा तीन वटा पुल निर्माण (एक निर्माणाधीन) सम्पन्न गरिएको छ । खानेपानी व्यवस्थापनतर्फ ‘एक घर एक धारा’ अभियान बागमती प्रदेश सरकारको सहयोगमा सञ्चालनमा रहेको छ ।

स्वास्थ्य र शिक्षामा सुधार
वडामा नगर अस्पताल सञ्चालनमा रहेको छ, जहाँ ओपिडी भवनलगायत पूर्वाधार विस्तार गरिएको छ । पाटीभञ्ज्याङमा सहरी स्वास्थ्य चौकी निर्माण भइसकेको छ भने नयाँ भवन निर्माणपछि स्थानान्तरणको तयारी भइरहेको छ ।
शिक्षा क्षेत्रमा गणेश माध्यमिक विद्यालय र शान्ति निकेतन माध्यमिक विद्यालयमा भवन स्तरोन्नति गरिएको छ । दुबै विद्यालयमा विद्यार्थीका लागि सवारी साधनको व्यवस्था गरिएको छ भने शिक्षकहरूलाई तालिममार्फत शिक्षाको गुणस्तर सुधारमा जोड दिइएको छ । हाल ती विद्यालयहरूमा करिब ४०० विद्यार्थी अध्ययनरत रहेका छन् । साथै डोलेश्वर, सरस्वती र आशापुरी प्राथमिक विद्यालयमा समेत पूर्वाधार र प्रविधि विस्तार गरिएको छ ।

सामाजिक-आर्थिक सशक्तीकरण
वडाले युवा तथा महिलालाई लक्षित गरी सीपमूलक तालिमहरू सञ्चालन गरेको छ । कुक, बारिस्टा, ड्राइभिङ, नेतृत्व विकास र उद्यमशीलता तालिममार्फत स्वरोजगार प्रवद्र्धन गरिएको छ । ५० प्रतिशत अनुदानमा इन्डक्सन चुलो वितरण कार्यक्रम पनि सञ्चालन गरिएको छ ।
‘उद्योग घर’ अवधारणाअन्तर्गत पूजा सामग्री उत्पादन तथा बजारीकरणको प्रयास भइरहेको छ भने डोलेश्वर क्षेत्रमा ‘कोसेली घर’ स्थापना गरी स्थानीय उत्पादनको बजार विस्तारमा सहयोग गरिएको छ । कृषिमा अनुदान तथा पशुपालन सुधार कार्यक्रम सञ्चालनसँगै माथिल्लो क्षेत्रमा होमस्टे प्रवद्र्धनमा समेत सहयोग गरिएको छ ।

लक्षित वर्ग केन्द्रित कार्यक्रम
जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिका लागि छुट्टै समिति गठन गरी बजेट विनियोजन गरिएको छ । निशुल्क मोबाइल तथा सिम वितरण, स्वास्थ्य शिविर, मनोसामाजिक परामर्श र अन्य सहायतामूलक कार्यक्रमहरू सञ्चालन गरिएको वडाले जनाएको छ ।
हाल सडक कालोपत्रे, थप पुल निर्माण तथा खानेपानी आयोजनाहरू अन्तिम चरणमा पुगेका छन् । वडाध्यक्ष बस्नेतका अनुसार अधिकांश प्रतिबद्धताहरू पूरा भइसकेका छन् भने बाँकी योजनाहरू पनि कार्यान्वयनको क्रममा रहेका छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...