सर्वोच्चले सरकारसँग माग्यो सुकुम्बासी बस्तीको तथ्य/तथ्यांक

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २२ वैशाख । सर्वोच्च अदालतले सुकुम्बासी बस्ती भत्काउँदा सरकारले अपनाएको विधि र प्रक्रियासँग सम्बन्धित पाँच विवरण पेश गर्न आदेश गरेको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले माजिद अन्सारीसमेतको रिटमा सोमबार यस्तो आदेश गरेको हो ।
रिटमा सरकारले सुकुम्बासी बस्तीमा बसोबास गरेकाहरुलाई सर्न अवसर समेत उपलव्ध नगराएर दाबी गर्दै दायर भएको रिटमा यस्तो आदेश गरेको हो । २१ वैशाखमा जारी भएको कारण देखाउ आदेशमा सर्वोच्चले पछिल्लो अवस्थाको विवरण समेत महान्यायाधीवक्ता कार्यालयमार्फत पेश गर्न भनेको छ । सर्वोच्चले २३ गते अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयको छलफलमा उपस्थित हुन पनि भनेको छ ।
म‌ंगलबार पनि सर्वोच्चमा सुकुम्बासी बस्ती सम्बन्धी रिटमा पेसी तोकिएको छ । सुकुमवासी बस्तीमा बसोबास गर्दै आएका गोपाल रनपहेली समेतको रिट न्यायाधीश हरिप्रसाद  र मेघराज पोखरेलको इजलासमा पेसी तोकिएको छ ।
अन्तरिम आदेश छलफलमा उपस्थित हुँदा बस्ती खाली गराउने सम्बन्धी विपक्षीहरुबाट यी तथ्य, तथ्यांक तथा कागजातहरु महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउन सर्वोच्चको आदेशमा भनिएको छ ।

यस्ता छन् सर्वोच्चले माग गरेका पाँच बुँदा :
१) नेपाल सरकार मन्त्रिपरिषद्बाट निर्णय भई लागू गरिएको शासकीय सुधारसम्बन्धी सय बुँदे दस्तावेजको बुँदा नं. ९१ मा उल्लेख भए बमोजिम तथा नेपालको संविधान, आवासको हक सम्बन्धी ऐन, २०७५ को दफा ५ तथा यस अदालतबाट प्रकाशमणि शर्माविरुद्व मन्त्रिपरिषद्समेत भएको ०६७-WO-१००२ को निवेदनमा भएको आदेशमा जारी निर्देशन अन्तर्गत अवलम्वन गर्नुपर्ने बाध्यात्मक विधि, प्रक्रियाहरु के कसरी अवलम्वन गरिएको हो ? सो सम्बन्धी निर्णयसहितको कागजातहरु ।

२) निवेदन दाबी बमोजिमको सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरुको सामूहिक बस्ती खाली गराउने, घरटहरा भत्काउने कार्य के कस्तो निर्णय वा कानुनी आधारमा गरिएको हो ? सो निर्णयसहितको कागजात ।

३) हाल खाली गराइएको बस्तीबाट हटाइएका/बहिर्गमन भएका परिवारहरुको पुनरवास/दैनिक खानपिन/ज्येष्ठ नागरिक, विरामी, अपाङ्गता भएका व्यक्तिहरुको औषधि उपचार/सरसफाई एवं बालबालिकाहरुको शिक्षा सम्बन्धी वैकल्पिक व्यवस्था लगायत न्यूनतम मानव अधिकारको अवस्था के कस्तो रहेको छ ? सो सम्बन्धमा गरिएको प्रबन्धको वस्तुपरक विवरण ।

४) बस्तीबाट हटाईएका नागरिहरुको लगत संकलन तथा प्रमाणीकरणको पछिल्लो अवस्था के कस्तो रहेको छ ? सो सम्बन्धी पछिल्लो विवरण ।

५) खाली गराइएको बस्तीबाट भत्काइएका विद्यालय, मठमन्दिर, गुम्बा, मस्जिदलगायतको विवरण र तिनको व्यवस्थापनका लागि तत्काल गरिएको कार्यहरुको विवरण ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...