सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरमा स्तरोन्नति गर्ने : स्वास्थ्यमन्त्री किरण थापा

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, १७ वैशाख । सूर्यविनायक नगरपालिकाद्धारा संचालित सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रूपमा स्तरोन्नति गर्ने तयारी रहेको बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापाले बताएका छन् । बुधबार सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित नवनिर्मित सिपाडोल स्वास्थ्य चौकी भवन उद्घाटन गर्दै स्वास्थ्यमन्त्री थापाले लामोदुरीको हाईवेलाई लक्षित गरी सडकसँगै जोडिएको नगर अस्पताललाई ट्रमा सेन्टरको रूपमा स्तरोन्नति गर्ने योजना भएको बताए । ‘बागमती स्वास्थ्य मन्त्रालयले हाईवेमा दुर्घटनामा परेका घाइतेको द्रुत र सहज उपचारको लागि सूर्यविनायक र गल्छीको नगर अस्पताललाई ट्रमा सेन्टरको रूपमा विकास गर्ने लक्ष्य लिएको छ,’ उनले भने । ५० शैया क्षमताको सूर्यविनायक नगर अस्पतालमा दैनिक ४ देखि ५ सय जना बिरामीले उपचार सेवा लिँदै आएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

कार्यक्रममा मन्त्री थापाले ‘बागमती डिजिटल हेल्थ’ सेवा संचालनमा आएको र सर्वसाधारणले घरमै बसेर अस्पतालको बेड खाली छ कि छैन भन्ने जानकारी मोबाइलबाट हेर्न सकिने जानकारी गराएका छन्। यो डिजिटल सुविधाअन्तर्गत बिरामी संख्या, स्वास्थ्य बीमाबाट वा नगद तिरेर सेवा लिनेहरूको विवरण, सेवा समय र क्यूआर कोडमार्फत स्वास्थ्य जाँचको रिपोर्ट पनि मोबाइलमै हेर्न मिल्ने उनले बताए। यसका लागि एउटा विशेष एप्स विकास गरिएको र हाल १३ वटा प्रादेशिक अस्पतालहरूमा यो सुविधा उपलब्ध भएको मन्त्री थापाले जानकारी दिए ।
मन्त्री थापाले गुणस्तरीय, अत्याधुनिक र दिगो स्वास्थ्य सेवा विस्तारमा मन्त्रालय प्रतिबद्ध रहेको समेत बताएका छन् । ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी-एक घण्टा मेरो लागि’ अभियान, ‘एक जिल्ला, एक स्वस्थ सहर’ र ‘एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था’, कार्यक्रम प्रदेशभर सुरु गर्ने उनले बताएका छन् । कार्यक्रममा मन्त्री थापाले आम जनताले महसुस गर्नेगरी काम गर्न कुनै कसर बाँकी नराखेको बताए । ‘बागमती स्वास्थ्य मन्त्रालयले प्रत्येक व्यक्तिको हेल्थ प्रोफाइल बनाएर नागरिकको स्वास्थ्य स्क्रिनिङ गर्दैछ,’ उनले भने, ‘प्रदेश सरकारले वर्षमा एकपल्ट सबै नागरिकको नि:शुल्क स्वास्थ्य परिक्षण गर्ने वातावरण निर्माण गर्दैछ ।’

कार्यक्रममा सूर्यविनायक नगरप्रमुख बासुदेव थापाले नगरबासीले तिरेको कर सुरक्षित गरी विकास गरेको बताएका छन् । २०७४ सालपछि आफ्नो नेतृत्वको जनप्रतिनिधिले सूर्यविनायक नगरपालिकाले मुहार फेरेको समेत उनले दाबी गरे । त्यसैगरी, नगरउप-प्रमुख सरिता भट्टराई तिमल्सिनाले नवनिर्मित स्वास्थ्य चौकी भवनबाट ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र परिवार लक्षित कार्यक्रम संचालन गर्न जरुरी रहेको बताएकीछिन् ।
कार्यक्रममा बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायणबहादुर कार्कीले ५५ हजार महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ (एचपीभी टेष्ट) गर्ने बताएका छन् ।
सिपाडोल स्वास्थ्य चौकीको भवन निर्माणका लागि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको गतआर्थिकवर्ष ०८१/८२ मा १८ लाख रूपैयाँ र चालुआर्थिकवर्ष ०८२/८३ मा २५ लाख रूपैयाँ बजेटको व्यवस्था गरेको जनाएको छ । त्यसैगरी सूर्यविनायक नगरपालिकाले १० लाख रुपैयाँ सहयोग गरेको छ । कार्यक्रममा सूर्यविनायक नगरपालिका-८ का वडाध्यक्ष पुष्पराज बस्नेतले धेरै वर्ष जीर्ण भवनमा सेवा दिदै आएकोमा अब नवनिर्मित भवनबाटसबै सेवा सुचारु भएको बताउदै यसले स्थानीयबासीमा ठूलो टेवा पुगेको बताएका छन् ।  सामान्य राेगका लागि स्वास्थ्य चौकीबाटै गुणस्तरीय सेवा प्रवाह हुने उनी बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

टिकटकर तुलसा अधिकारी पक्राउ

काठमाडौं, १७ जेठ । टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई थाइल्यान्डबाट...

सुनको भाउ २० हजार ५ सय बढ्यो

काठमाडौं, १७ जेठ । केही दिनयता ओरालो लागेको सुनको मूल्य आज (आइतबार) ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी...

हेटौंडा-काठमाडौं जोड्ने चित्लाङ-थानकोट सडक दुईसाता बन्द

काठमाडौं, १७ जेठ । हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीको चित्लाङ-थानकोट सडकमार्गमा आइतबारदेखि सवारी साधन आवागमन बन्द गरिने भएको छ...

निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बीमा सेवा बन्द

काठमाडौं, १६ जेठ । स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय संकट गहिरिँदै जाँदा आज (शनिबार) देखि निजी अस्पतालमा आकस्मिक सेवाबाहेक...