नक्सा विवादपछि वायुसेवा निगमद्दारा माफी माग्दै पोष्ट हटाइयो

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १७ वैशाख । नेपाल वायुसेवा निगमले केही दिनअघि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आफ्ना गन्तव्यहरूको नेटवर्क नक्सा विवादमा परेपछि हटाएको छ। उक्त नक्सामा अन्तर्राष्ट्रिय सीमासम्बन्धी गम्भीर नक्साङ्कन त्रुटि देखिएपछि आलोचना बढेको थियो। विवाद चर्किएसँगै निगमले सो सामग्री सामाजिक सञ्जालबाट हटाएको हो । साथै, बिहीबार औपचारिक सूचना जारी गर्दै निगमले उक्त त्रुटिप्रति क्षमायाचना गरेको छ ।
निगमले जारी गरेको वक्तव्यमा उक्त नक्साले नेपाल वा नेपाल एयरलाइन्सको आधिकारिक धारणा प्रतिबिम्बित नगर्ने स्पष्ट पारेको छ । ‘हामीले हालै सामाजिक सञ्जालमार्फत साझा गरेको नेटवर्क नक्सामा भएको त्रुटिप्रति क्षमायाचना गर्दछौं,’ वक्तव्यमा भनिएको छ ।
निगमका अनुसार, उक्त पोस्ट तुरुन्त हटाइएको छ र भविष्यमा यस्ता त्रुटि नदोहोरियोस् भन्ने उद्देश्यले आन्तरिक समीक्षा प्रक्रिया पनि अघि बढाइएको छ । साथै, छिमेकी तथा क्षेत्रीय मित्र राष्ट्रहरूसँगको सम्बन्धप्रति सम्मान व्यक्त गर्दै यस घटनाबाट परेको कुनै असहजताप्रति दुख व्यक्त गरेको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...