सुकुम्बासी बस्तीमा डोजर : ११७५ परिवार सम्पर्कमा

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १६ वैशाख । बस्तीमा डोजर चलाइएपछि लाखापाखा लागेका सुकुम्बासीहरू सरकारको सम्पर्कमा आइरहेका छन्। मङ्गलबार साँझसम्म १ हजार १७६ परिवारका ४ हजार ९७५ जनाले विवरण दर्ता गराएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका ईन्जिनियर दिपेन्द्र शाहले जानकारी दिए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विवरण संकलनको काम भएको थियो । ईन्जिनियर शाहका अनुसार बुधबारदेखि भने सुकुम्बासी बस्तीबाट विस्थापित भई अलपत्र भएकाहरुले बागमती सभ्यताको कार्यालय गुह्यश्वरीमा पुगेर विवरण संकलन गराउने सक्नेछन् । ‘बुधबारदेखि दशरथ रंगशालामा डेक्स हट्छ, सुकुम्बासी बस्तीबाट विस्थापित भई अलपत्रमा पर्नु भएकाहरुले बागमती सभ्यताको कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ,’ उनले भने ।

सरकारले सुरक्षा बल प्रयोग गरी थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायतका सुकुम्बासी बस्ती भत्काएपछि डरले लाखापाखा लागेका सुकुम्बासीहरू सम्पर्कमा आउन थालेका छन्। गत बिहीबार साँझ एक दिनको अल्टिमेटम दिएर सुकुम्बासी बस्ती खाली गराउन माइकिङ गरेको थियो। शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीमा दर्जनभन्दाबढी डोजर चलाएको थियो ।
मंगलबारसम्म विवरण टिपाएकामध्ये कुन परिवार कुन बस्तीबाट आएको भनेर छुट्टयाएर हेर्न बाँकी छ। नाम र विवरण टिपाएपछि उनीहरूलाई विभिन्न होल्डिङ सेन्टर, होटल, लजमा लगेर राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...

काठमाडौँ महानगरपालिकाका न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान

काठमाडौं, ३२ असार । काठमाडौं महानगरपालिकाले ३९ महिनाको अवधिमा ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान...

ब्युँतियो सांसदहरूले स्वकीय सचिवको सुविधा पाउने व्यवस्था

काठमाडौं, ३२ असार । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ । पछिल्लो मन्त्रिपरिषद्को बैठकले यस्तो...