शैक्षिकसत्रको मुखमा विद्यालयमा डोजर चल्यो, सरस्वती आवि संचालन अन्योल

Date:

Share post:

Suryabinayak Nagarpalika

लिला श्रेष्ठ

भक्तपुर, १६ वैशाख । मनोहरा सुकुम्बासी बस्ती भग्नावशेषमा परिणत भएको छ । सोही बस्तीमा अवस्थित सरस्वती आधारभूत विद्यालयको पक्की भवन पनि माटोमा बिलिन भएको छ । शैक्षिकसत्रको मुखमा विद्यालयमा डोजर चलाएपछि सरस्वती आवि संचालन अन्योल छ ।
गत बिहीबार साँझ एक दिनको अल्टिमेटम राखेर बस्ती खाली गर्न निर्देशन सहित माइकिङ भयो । ‘शुक्रबार स्थानीयबासीले विद्यालयको सामान सार्न दिएन । शनिबारपनि सामान सार्न सक्ने स्थिति नै भएन,’ सरस्वती आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्दिरा महतले भनिन्, ‘विद्यालयको सामान सार्न पनि हारगुहार गर्यौं, नगरपालिकालाई पनि गाडी माग्यौं । उहाँहरू बस्ती छिर्न डराउनुभयो ।’ शहरी विकास मन्त्रालयलाई सम्पर्क गर्दा सरकारी विद्यालयको संरचना जोगाउँछौं भन्ने आश्वासन पाएको तर, सोमबार सामान निकाल्न नभ्याउँदै विद्यालय भवनमा डोजर चलाएको प्रधानाध्यापक महतले बताइन् । ‘आइतबार विद्यालयको सामान सार्न नभ्याएकाले होल्ड मा राखिएको थियो। सोमबार बिहानै भत्कायो,’ उनले भनिन्,’नभत्काइदिन आग्रह गरेँ तर सुकुम्बासी बस्तीमा भएका हरेक संरचना भत्काउन भनिएको भनेर डोजर चलायो।’
विद्यालयको अत्यावश्यक कागजात, फर्निचर, कम्प्युटर र केही किताबबाहेकका सामग्री सुरक्षित गर्न नसकेको प्रधानाध्यापक महत बताउँछिन् । ‘पुस्तकालयका अधिकांश पुस्तक भिजेर खेर गयो, सिसि क्यामेरालगायत सामग्री निकाल्नै सकेनौं,’ उनले भनिन्, ‘सुरक्षित गर्न सकिने धेरै सामग्रीमा अन्धाधुन्ध डोजर चलाइयो ।’
कक्षा ८ सम्म अध्यापन गराइने सरस्वती आविमा २८० जना विद्यार्थी अध्ययनरत छन् । तीमध्ये आधा मात्र सुकुम्बासी बस्तीका बालबालिका भएको र धेरैजसो बाहिरको रहेको विद्यालयले जनाएको छ । सरस्वती आवि २०६२ सालमा स्थापना भएको हो। २०६५ देखि भने सरकारी मान्यता पाएर सञ्चालनमा आएको थियो। २०७१ देखि कक्षा ८ सम्म अध्ययन गराउन थालेको प्रधानाध्यापक महत बताउँछिन्।
सरस्वती आविमा प्रधानाध्यापकदेखि कार्यालय सहयोगी सम्म महिला छन् । ‘सुरूवातदेखि नै महिला मात्रले संचालन गरिरहेको नगरपालिकाकै उदाहरणीय र वडाकै एक मात्र सामुदायिक विद्यालयको अस्तित्वमा संकट आएको छ,’ प्रधानाध्यापक महतले भनिन्, ‘कहाँ कक्षा संचालन गर्ने टुंगो छैन, विद्यालय सामग्री अलपत्र छ । नगरपालिकाको सामुदायिक भवनमा सामान यत्रतत्र थुपारेकाछौं ।’ विद्यार्थी तथा अभिभावक पढ्न/पढाउन नपाउने हो कि भन्ने चिन्तामा छन् । ‘अभिभावक आफ्ना छोराछोरीले पढ्न नपाउने भयो भन्दै पाल टांगेर भएपनि कक्षा संचालन गर्न अनुरोध गरेको विद्यालयले जनाएको छ । सम्पर्कमा आएका विद्यार्थीहरुको नाम टिपाउँदै पठाउँदै गरेको महतले जानकारी दिइन् । उनका विद्यालयमा १५ जना शिक्षक र एक जना कार्यालय सहयोगी छन्। विद्यालयको २ वटा दुईतले र १ वटा एकतले पक्की भवन थियो । उक्त भवनमा दिवा खाजाका लागि भान्सा कोठा, १० वटा कक्षाकोठा, साइन्स ल्याव, कम्प्युटर ल्याव, अफिस, शिक्षक कक्षलगायत थियो । सरकारी दरबन्दी र सरकारले नै निर्माण गरेको भवन कुनै सुझबुझ बिना नै भत्काएको छ । सरस्वती आविको भवन एउटा भवन २०७२ वैशाखको भवन पुनर्निर्माण प्राधिकरण अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाईले निर्माण गरिदिएको थियो । ‘अभिभावक र विद्यार्थीहरु पाल राखेर भएपनि विद्यालय संचालन गर्नुपर्छ भन्नुहुन्छ,’ महतले भनिन्, ‘विद्यालय संचालनको लागि ठाउँ उपलब्ध भएको छैन, नगरपालिकासँग गुहार मागिरहेकाछौं । जग्गाको व्यवस्था भएमा विद्यार्थीको कमी हुनदिने छैनौं, फेरि उभिन्छौं ।’

उक्त विद्यालय संचालन गर्ने भन्ने विषयमा नगरपालिका समेत अन्योलमा छ । मध्यपुर थिमी नगर उपप्रमुख एवं कार्यबाहक नगरप्रमुख विजयकृष्ण श्रेष्ठ विद्यालय हटाउने प्रसङ्गै नभएको र केही दिनभित्रै उपाय लाग्ने बताउँछन् । ‘सरस्वती आवि संचालन तथा व्यवस्थापनको विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘केहीदिनमै टुंगो लगाउँछौं ।’
विद्यालय संचालन तथा व्यवस्थापनका लागि नगरपालिका, विद्यालय व्यवस्थापन समिति, शिक्षक/अभिभावकलगायतसँग छलफल भईरहेको नगरपालिकाका महाशाखा प्रमुख ज्ञानेन्द्र भट्टले जानकारी दिए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...