नेपाल कोरिया मैत्री अस्पतालले न्युरो सर्जरी सेवा पुर्णरुपमा संचालन गर्ने

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १५ वैशाख । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले न्युरो सर्जरी सेवालाई पुर्णरुपमा संचालन गर्ने भएको छ । बढ्दो सवारी दुर्घट्ना र त्यसबाट हुने क्षति न्युनिकरण गर्न अस्पतालले न्युरो सर्जरी सेवा पुर्णरुपमा संचालन गर्न लागेको मध्यपुर थिमी नगरपालिकाका कार्यबाहक नगरप्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिए ।

अस्पतालको १८ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधनगर्दै कार्यबाहक नगरप्रमुख श्रेष्ठले यस अस्पताल स्थानीय सरकारद्दारा संचालित अस्पतालहरुमध्ये आफुलाई उत्कृष्ट अस्पताल बनाउन सफल भएको बताएका छन् । ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा दैनिक १००० भन्दा वढी बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेका छौं,’ उनले भने, ‘९ महिनाको यो अवधिमा आईपुग्दा २ लाख ५० हजार वढिलाई स्वास्थ्य सेवा प्रदान गरेका छौँ ।चालुआर्थिकवर्षको ९ महिनाको अवधिमा आईपुग्दा करिब ५ करोड हाराहारी नाफा जोडीसकेका छौँ, यसमा अघिल्लो वर्षको हिसाब जोड्न बाँकी नै छ ।’
कार्यक्रममा श्रेष्ठले यस अस्पतालमा मोडुलरओटी, आईसियु स्थापना,डाईलसिस सेवा सुरु भएको जानकारी दिएका छन् ।
श्रेष्ठका अनुसार, अस्पतालको सेवा बिस्तार गर्नकै लागि कोरियाको सहयोगमा करिब एक अर्ब २६ करोड रुपैंयाको लागतमा भवन निर्माण भइरहेको र आगामी अक्टोबर देखि संचालनमा ल्याउने लक्ष्य रहेको छ । अस्पताल आत्मनिर्भर बन्न सफल भएको बताउँदै श्रेष्ठले थप सेवा बिस्तार गरी नगरबासीलाई सेवा प्रदान गरिने बताए ।

कार्यक्रममा मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले मञ्चबाट कामना गर्दैमा अस्पतालको सफलता नहुने बताउँदै दुःख पिडामा आएका बिरामीलाई गुणस्तरीय र छिटो छरितो सेवा दिनुपर्नेमा जोड दिए । सेवा विस्तारसंगै गुणस्तरमासमेत ध्यान दिनुपर्नेमा घिमिरेको जोड थियो।
कार्यकारी निर्देशक डा. दिपेन्द्र कुमार रौशनले अस्पतालले रक्त संचार सेवा २४ सै घण्टा बिस्तार गर्न लागेको बताए । कोरियन सरकारको सहयोगमा निर्माणाधीन भवनलाई अत्याधिक सेवा सहितको उत्कष्ट सेवा प्रदान गर्ने डा. रौशनको भनाई छ । कर्मचारीहरुको क्षमता विकास गरी सेवालाई चुस्त तुल्याउँन विभिन्न खाले तालिम तथा सेमिनारमा सहभागी गराईने कार्यकारी निर्देशक डा. रौशनले बताए । अस्पतालको वार्षिकोत्सबको अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...