भग्नावशेषमा परिणत मनोहरा सुकुम्बासी बस्ती

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १५ वैशाख । भक्तपुर र काठमाडौंको सीमा क्षेत्रमा पर्ने मनोहरा सुकुम्बासी क्षेत्र भग्नावशेषमा परिणत भएको छ । मनोहरा खोला किनारको संरचनामा डोजर चलाएर भग्नावशेषको रुपमा परिणत क्षेत्रमा कवाडीको मोलमोलाइ चलेको छ ।
प्रहरीका अनुसार काठमाडौं तर्फ १३१ र भक्तपुरतर्फ ८१० गरी कुल ९४१ घरटहरा भत्काइएको छ । जहाँ मनोहरा क्षेत्र अन्तर्गत काठमाडौं तर्फ १३१ परिवार संख्या र भक्तपुरतर्फ ८०६ परिवार संख्या गरी कुल ९३७ परिवार बस्दै आएका थिए ।
उक्त स्थानका संरचना भत्काउन दुई दर्जनबढी जेसीबी प्रयोग गरिएका थिए । त्यस क्रममा सरस्वती आधारभूत विद्यालय ( सामुदायिक) सहित मनोहरा सुकुम्बासी बस्तीका सम्पूर्ण संरचना भत्काइएको छ । शनिबार साँझ संरचना हटाउन खोज्दा सो क्षेत्रमा ढुङ्गामुढा भएको थियो । सुकुम्बासीसँगको झडपमा प्रहरी वृत्त थिमी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानासहित २२ जना सुरक्षाकर्मी घाइतेसमेत भएका थिए । आइतबार बिहान करिब दुई हजारको सङ्ख्यामा सुरक्षाकर्मी पुग्दा करिब ८० प्रतिशतले आफैँ बस्ती छाडेका थिए । आइतबार र सोमबार भने शान्तिपूर्ण रूपमा सुकुम्बासी बस्ती खाली गराउने काम भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...