मनोहरा सुकुम्बासी बस्तीको ८१० घरटहरा भत्काइयो

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १४ वैशाख । भक्तपुर र काठमाडौंको सीमा क्षेत्रमा पर्ने मनोहरा सुकुम्बासी क्षेत्रका सम्पूर्ण संरचना भत्काउने काम सम्पन्न भएको छ । मध्यपुर थिमि नगरपालिका(१ लोकन्थली र काठमाडौं महानगरपालिका ३२ जडीबुटीस्थित मनोहरा खोला किनारामा बसोबास गर्दै आएका सुकुम्बासी बस्तीका ८१० घरटहरा भत्काइएको छ ।

उक्त स्थानका संरचना भत्काउन सोमबार २४ वटा डोजर प्रयोग गरिएको थियो । त्यस क्रममा एक सामुदायिक विद्यालयसहित मनोहरा सुकुम्बासी बस्तीका सम्पूर्ण संरचना भत्काइएको छ । शनिबार साँझ संरचना हटाउन खोज्दा सो क्षेत्रमा ढुंगामुढा भएको थियो ।

सुुकुम्बासीसँगको झडपमा प्रहरी वृत्त थिमी प्रमुख डीएसपी नवराज ढुंगानासहित २२ जना शुरक्षाकर्मी घाइते समेत भएका थिए । आइतबार बिहान करिव दुई हजारको संख्यामा शुरक्षाकर्मी पुग्दा करिब ८० प्रतिशतले आफै बस्ती छोडेका थिए । आइतबार र सोमबार  शान्तिपूर्णरूपमा सुकुम्बासी बस्ती खाली गराउने काम भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बागमती प्रदेश अन्तर्गतका एघार प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा: स्वास्थ्यमन्त्री किरण थापा

मकवानपुर, ०१ साउन । बागमती प्रदेश सरकारले प्रदेशका १३ प्रादेशिक अस्पतालमध्ये काठमाडौँ र ललितपुरबाहेक ११ वटा प्रादेशिक अस्पतालबाट...

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...