काठमाडौं, १२ वैशाख । काठमाडौंका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्तीहरूमा घरटहरा भत्काउन थालिएको छ। बिहीबार सुकुम्बासी बस्ती खाली गर्न आग्रह गर्दै माइकिङ गरेको थियो ।
शनिबार बिहानैदेखि काठमाडौंको थापाथली, गैरीगाउँ, शान्ति नगर र भक्तपुरको मध्यपुर थिमि नगरपालिका मनोहरा खोलाकिनारको सुकुम्बासी खोलामा डोजर चलाउन थालेको छ । धेरैजसोले सुकुम्बासीले शुक्रबार नै सामान उठाएर लगेका भए पनि केहीले भने, अहिले पनि सामान उठाइरहेका छन्।


