किष्ट बैंक घोटाला प्रकरण जुनियर असिस्टेन्ट पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १२ वैशाख । बैंकिङ कसूर अन्तर्गत किष्ट बैंक घोटाला प्रकरणका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। तत्कालीन किष्ट बैंकका कर्मचारीले नक्कली कागजात, नक्कली छाप, नक्कली बैंक कर्मचारी तथा नक्कली सुरक्षा गार्डसमेत तयार गरी बैंकलाई झुक्याई हानि-नोक्सानी पुर्‍याएको मुद्दामा दोषी ठहर भएका एक व्यक्तिलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले महाराजगन्जबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका-१ साङ्ला बस्ने ४८ वर्षीय रोहितलाल श्रेष्ठ छन्। उनी किष्ट बैंकको ठमेल शाखामा जुनियर असिस्टेन्ट पदमा कार्यरत रही टेलर हेडको जिम्मेवारी सम्हाल्दै आएका थिए।
यस प्रकरणमा सर्वोच्च अदालतले २०८० असोज १५ गतेको फैसलामा श्रेष्ठलाई २ वर्ष कैद र १३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ जरिवाना सजाय तोकेको थियो। अदालतको फैसला पश्चात् फरार रहेका उनलाई प्रहरीले वैशाख ११ गते काठमाडौं महानगरपालिका-३ महाराजगञ्जबाट पक्राउ गरेको ब्यूरोका प्रवक्ता एसएसपी शिव कुमार श्रेष्ठले जानकारी दिए । पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...