त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन समय परिवर्तन

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, ७ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आजरातिदेखि दैनिक सञ्चालन समय परिवर्तन हुने भएको छ। विमानस्थल अब प्रत्येक दिन राति ११:४५ बजे बन्द भइ बिहान ६:३० बजे मात्र खुल्नेछ। विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार यसअघि सोमबारसम्म विमानस्थल बिहान ६ बजेदेखि राति १ बजेसम्म सञ्चालनमा रहँदै आएको थियो। त्यस समयमा राति १ बजेदेखि बिहान ६ बजेसम्म करिब ५ घन्टा मात्रै बन्द हुने व्यवस्था थियो। नयाँ व्यवस्थाअनुसार अब दैनिक बन्दको समय बढाइएको हो।

विमानस्थलले जारी गरेको सूचना अनुसार आजदेखी धावनमार्ग (रनवे) नजिकै ट्याक्सीवे ब्राभो, चार्ली , क्युबिक र रोमियो  क्षेत्रमा निर्माण कार्य गरिनेछ। यो अवधिभर विमानस्थल सञ्चालन पूर्णरूपमा बन्द रहनेछ । जसका कारण विभिन्न कारणले ढिला हुने उडान प्रभावित हुनेछन्।
यो व्यवस्था ७ बैसाख राति ११:४५ बजेदेखि लागू भई जेठ ४ गते बिहान ६:३० बजेसम्म कायम रहनेछ। हरेक दिन सोही समयावधिमा उडान बन्द रहनेछ। यसका कारण खाडी मुलुक, भारत तथा टर्कीका उडानहरूको समय तालिका समेत अघिपछि सारिएको छ। यसअघि पनि पूर्वाधार विस्तारका कारण विमानस्थलमा विभिन्न चरणमा उडान समय सीमित गरिएको थियो। माघ २०८१ मा पहिलोपटक राति १० बजेदेखि उडान बन्द गर्दै निर्माण कार्य सुरु गरिएको थियो। पछि क्रमशः समय घटाउँदै राति ११ बजेपछि बन्द गर्ने व्यवस्था लागू गरिएको थियो। सोमबारदेखी लागू हुन लागेको यो निर्णय तेस्रो पटक हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०२६ पछि वार्षिक झण्डै १ करोड यात्रुलाई सेवा दिने लक्ष्यसहित पूर्वाधार विस्तारका काम तीव्र रूपमा अघि बढिरहेका छन्। नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणको संयुक्त लगानीमा अन्तर्राष्ट्रिय एप्रोन, समानान्तर ट्याक्सीवे तथा ह्यांगर निर्माण कार्य भइरहेको छ।

सिनामंगलस्थित हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका अनुसार रनवेसँग सम्बन्धित जटिल निर्माण कार्य सम्पन्न भएसँगै बन्द समय क्रमशः घटाइएको थियो। हाल विमानस्थलभित्र तीनवटा आयोजना संचालनमा छन् ।
निमित्त महाप्रवन्धक सिटौलाका अनुसार, हाल काठमाडौं विमानस्थलमा दैनिक १० हजार हाराहारी आन्तरिक र १२ हजार हाराहारी अन्तर्राष्ट्रियतर्फ यात्रु ओहोरदोहोर गर्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

काठमाडौँ महानगरपालिकाद्वारा शिक्षण अस्पताललाई १ करोड ७० लाख रुपैयाँ बराबरका उपकरण हस्तान्तरण

काठमाडौं, २१ जेठ । काठमाडौं महानगरपालिकाले शिक्षण अस्पताल महाराजगन्जको ओपीडी सेवालाई बिरामीमैत्री बनाउन १ करोड ७० लाख रुपैँया...

ख्वप्रिङ एकेडेमीमा आगलागी

भक्तपुर, २१ जेठ । भक्तपुर नगरपालिका-८ लिवालीस्थित ख्वप्रिङ एकेडेमीमा आगलागी भएको छ । प्रहरीका अनुसार बिहीबार राति विद्युत्‌को...

खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते

भक्तपुर, २१ जेठ । भक्तपुर नगरपालिका-१० छालिङ रोडस्थित सैनिक ब्यारेक नजिकै खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको...

चाँगुनारायणमा बर्ड फ्लु पुष्टि, सतर्कता अपनाउन आह्वान

भक्तपुर, २१ जेठ । चाँगुनारायण नगरपालिकाकाे दुईवटा वडामा ‘बर्ड फ्लु’  रोग पुष्टि भएको छ । नगरपालिकाको वडा नम्बर...