मध्यपुर थिमिको खुल्ला धिमे बाजा प्रतियोगितामा चन्द्रागिरीको श्री नास भैरव धिमे खलः विजयी

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २९ चैत । मध्यपुर थिमि नगरपालिकाद्वारा आयोजना तथा श्री राज गणेश धिमे खलःको सहकार्यमा शनिबार खुल्ला धिमे बाजा प्रतियोगिता २०८२ सम्पन्न भएको छ । उक्त प्रतियोगितामा काठमाडौं, भक्तपुरलगायत विभिन्न स्थानका गरी कुल ३७ वटा धिमे खलःहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम स्थान श्री नास भैरव धिमे खलः चन्द्रागिरी काठमाडौंले हासिल गर्न सफल भएको छ। दोस्रो स्थान ताथली धिमे खलःले प्राप्त गर्दा तेस्रो स्थान सनस्टार धिमे खलः, कीर्तिपुरले हात पारेको छ। नयाँ बजार धिमे खलः कीर्तिपुरले सान्त्वना स्थान प्राप्त गरेको छ।

प्रथम स्थान हासिल गर्नेलाई ५४ हजार ४ सय ४४ नगदसहित शिल्ड मेडल तथा प्रमाणपत्र,  द्वितीय हुनेलाई २५ हजार ४ सय ४४ नगदसहित शिल्ड मेडल तथा प्रमाणपत्र, तृतीय पुरस्कार १५ हजार ४ सय ४४ नगदसहित मेडल तथा प्रमाणपत्र, सान्त्वना पुरस्कार १०,४४४ नगदसहित शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको छ । निर्णायक मण्डलको छनोटमा ५ हजार ४ सय ४४ नगदसहित शिल्ड तथा प्रमाणपत्र पनि प्रदान गरिएको छ। निर्णायक मण्डलको छनोटमा चाहना सांस्कृतिक समूह, भक्तपुर र श्री राज गणेश धिमे खलःको छनोटमा साना भाइबहिनीको कोशी इनाए धिमे खल, पोबु, मध्यपुर थिमिलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमले धिमे बाजा संस्कृतिको संरक्षण र नयाँ पुस्तामा यसको आकर्षण बढाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको आयोजकले जनाएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...