बिस्का जात्रा अवधिभर मादक पदार्थ बिक्रीवितरणमा रोक

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २३ चैत । बिस्का जात्रा अवधिभर भक्तपुरमा मादक पदार्थ बिक्रीवितरण र ओसारपसामा रोक लगाइएको छ । जात्रालाई शान्तिपूर्ण बनाउन जिल्ला पशासन कार्यालयले यस्तो निर्णय गरेको हो ।

कार्यालयमा आइतबार जात्रासँग सरोकार राख्ने निकायसँगको बैठकले जात्रा अवधिभर मादकपदार्थ बिक्रीवितरण तथा ओसारपसारमा रोक लगाउने निर्णय गरेको हो । बिस्का जात्रामा हुलदंगा तथा झैझगडा गरे जात्रा अवधि भर हिरासतमा राखेर मुद्दा चलाउने तथा विदेश जान नपाउने गरी प्रहरी रिपोर्टमा हुलदंगा गरेको रिकर्ड समावेश गर्ने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । जात्राका लागि आवश्यक सम्पूर्ण सामाग्री, शान्ति सुरक्षा, प्राथमिक उपचारदेखि एम्बुलेन्स तथा दमकल तयारी अवस्थामा राख्न समेत बैठकले निर्देशन दिएको छ ।

जात्रास्थल वरपर ३६ वटा सिसि क्यामेरा तथा ३ वटा ड्रोन क्यामेराले समेत निगरानी गरिने भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी सूर्यबहादुर खड्काले बताए ।
बिस्का जात्रा २७ चैतदेखि ५ वैशाखसम्म सञ्चालन हुनेछ । जात्रा ८ रात ९ दिन चल्नेछ । जत्राका लागि ३ तल्ले भैरवनाथको रथ तयार हुँदैछ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...