दीपक भट्ट पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौंं, १९ चैत । सम्पत्ति शुद्धीकरणको कसुरमा प्रहरीले व्यवसायी दीपक भट्टलाई पक्राउ गरेको छ। बिहीबार उनलाई नक्सालस्थित कार्यालयबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ।
उनीमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको थियो। विभागको पत्राचार पछि प्रहरीले उनलाई पक्राउ गरेको हो। केही दिनअघि मात्रै विभागले उनको पासपोर्ट रोक्का गर्न अध्यागमन विभागलाई पत्राचार गरेको थियो।
सम्पत्ति शुद्धीकरण विभागले चैत १५ को मिति राखेर अध्यागमन विभागलाई पठाएको पत्र अनुसार व्यवसायी भट्टको पासपोर्ट रोक्का गरिएको थियो।
भट्ट र उनीसँग जोडिएको परिवारका सदस्य तथा व्यापारीहरूको कारोबार २०७८ सालमै शंकास्पद देखिए पनि त्यति बेला गम्भीर छानबिन हुन सकेको थिएन। पूर्वप्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा रामेश्वर खनालले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उनकै चासोमा असोजदेखि भट्टको फाइल फेरि खोलेर अनुसन्धान तीव्र पारिएको थियो।
खनालकै कार्यकालमा सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट अर्थ मन्त्रालय मातहत पनि ल्याइएको थियो। त्यसपछि विभागको महानिर्देशक परिवर्तन गरेर भट्ट लगायतका पुराना फाइलहरूमा पुनः अनुसन्धान सुरू गरिएको हो।

विभागले व्यापारी र उच्च तहका नेता तथा पदाधिकारीहरूसँग कनेक्सन राखेर काम गरेको भन्दै भट्ट र उनीसँग जोडिएका २६ जनासँग कात्तिकबाट बयान लिन सुरू गरेको थियो। उनीहरूको बयान चैत दोस्रो साता सकिएको विभाग स्रोतले जानकारी दियो। स्रोतका अनुसार अहिलेसम्म तीनवटा कम्पनीसँग जोडिएको ६ अर्ब रूपैयाँ कारोबारमा भट्टको संलग्नता देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कीर्तिपुरमा कारभित्र जलेका व्यक्तिको पहिचान खुल्यो

काठमाडौं, ०५ साउन । कीर्तिपुरमा जलेको व्यक्तिको परिचय खुलेको छ। मंगलबार कीर्तिपुर नगरपालिका-१ मा बा ५ च ३०३८...

गोंगबुको होटलमा युवती मृत फेला, हत्या आरोपमा दुई जना पक्राउ

काठमाडौं, ०५ साउन । गोंगबुस्थित मित्रनगरको माउन्टेन एक्सेल्सिभा होटलको कोठामा एक युवती मृत भेटिएको घटनामा संलग्न रहेको आरोपमा...

विरोधपछि हट्यो शिक्षा र स्वास्थ्य शुल्कमा लगाइएको ३ प्रतिशत कर

काठमाडौं, ०५ साउन । सरकारको चौतर्फी विरोधपछि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर तत्कालका...

जलेको कारको ड्राइभर सिटमा मृत भेटिए चालक

काठमाडौं, ०५ साउन । कीर्तिपुरमा जलेको अवस्थामा भेटिएको कारभित्र एकजना पुरुष मृत अवस्थामा भेटिएका छन् । काठमाडौं प्रहरी...