राष्ट्रिय परिचय पत्र लिन अब छुट्टै फारम भर्न नपर्ने

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ९ चैत । राष्ट्रिय परिचय पत्र बनाउनका लागि अबदेखि अर्को फारम भर्न नपर्ने भएको छ। परिचय पत्र बनाउका लागि गरिने प्रि-इनरोलमेन्ट फारम बिना नागरिकता नम्बरकै आधारमा राष्ट्रिय परिचय पत्र लिन सकिने भएको गृह मन्त्रालयले जनाएको छ। आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालय, ललितपुरबाट यस व्यवस्थाको उद्घाटन गरेका छन्।

अब ७७ वटै जिल्लाबाट परिचय पत्रका लागि छुट्टै फारम भर्न नपर्ने भएको हो। यसको अर्थ प्रि-इनरोलमेन्ट फारम नभरी नागरिकता नम्बरका आधारमा राष्ट्रिय परिचय पत्रका लागि आवेदन दिई राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिने भएको हो।
यो सेवा केन्द्रीय नागरिकता व्यवस्थापन सूचना प्रणाली (सिसिएमआइएस) र राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली (इनआइडीएमआईएस) बीच एपिआई मार्फत गरिएको अन्तर-आबद्धताबाट सम्भव भएको हो।
नागरिकताको प्रमाण पत्र प्राप्त गरेकै दिन सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय परिचय पत्र विवरण दर्ता केन्द्रमा नागरिकको ११ अंकको नागरिकता नम्बर प्रविष्ट गरेपछि सम्बन्धित नागरिकका विवरण स्वतः सिसिएमआइएसबाट एनआइडीउमआइएसमा प्राप्त हुन्छ।
त्यही दिन औंठाछाप, आँखा (आईरिस), फोटो तथा हस्ताक्षरजस्ता जैविक विवरण संकलन गरी राष्ट्रिय परिचयपत्र दर्ता प्रक्रिया सम्पन्न गरिन्छ।

देशभर दैनिक करिब आठ हजार देखि नौ हजार नागरिकता प्रमाणपत्र जारी हुने अवस्थालाई मध्यनजर गर्दै यस प्रणाली मार्फत ठूलो संख्यामा नागरिकहरूले नागरिकता प्राप्त गर्ने दिनमै राष्ट्रिय परिचयपत्रमा दर्ता हुने सुविधा प्राप्त गर्नेछन्। यसबाट सेवा लिने समय घट्ने, पुनः कार्यालय धाउनुपर्ने अवस्था कम हुने तथा सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।
गृहमन्त्री अर्यालले नागरिक सेवा प्रवाह र सुशासनका लागि एनआइडी इन्ट्रिगेसन उपयोगी र सान्दर्भिक हुने बताए। उनले यो पहल डिजिटल सुशासन सुदृढीकरण, सार्वजनिक सेवा प्रवाह सुधार तथा एकीकृत डिजिटल परिचय प्रणाली प्रवद्र्धनतर्फ सरकारको महत्वपूर्ण कदमका रूपमा लिइएको बताए।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...