खैरो हेरोईन १३७.४०० ग्राम र चरेश २ केजी ३०० ग्राम सहित ५ जना पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ७ चैत । लागू औषध ब्यूरो कोटेश्वरले लागु औषध खैरो हेरोइन १३७ दशमलव ४०० ग्राम र चरेश २ केजी ३०० ग्राम सहित ५ जनालाई पक्राउ गरेको छ । काठमाडौंको स्कुल कलेज पढ्ने विद्यार्थीहरुलाई समेत लागु औषध चरेश बिक्री गर्दै आएकी भन्ने विशेष सूचनाको आधारमा ब्यूरोको टोलीले (बिहीबार) चैत ५ गते ललितपुर महानगरपालिका-१८ बाट मकवानपुर, थाहा नगरपालिका-११ की वर्षीया ३८ कल्पना तामाङ लागु औषध चरेश २ केजी ३०० ग्राम र डिजिटल तराजु १ थान सहित पक्राउ परेका हुन् ।

त्यस्तै, भारतबाट काठमाडौंमा लागु औषध खैरो हेरोईन ल्याई बिक्री गर्दै आएको भन्ने विशेष सूचनाको आधारमा बिहीबार  काठमाडौं महानगर-१५ कारखानाचोकबाट   सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-५ का ३१ वर्षीय विशाल श्रेष्ठ, चौतारा नगरपालिका-७ का ३९ वर्षीय अर्जुन थापा र काभ्रेपलान्चोक, तेमाल गाउँपालिका-८ का ३० वर्षीय सागर तामाङलाई लागु औषध खैरो हेरोईन ३७ ग्राम ४०० मिलिग्राम र डिजिटल तराजु १ थान सहित पक्राउ गरिएको ब्यूरोको प्रवक्ता एसपी दुर्गा राज रेग्मीले जानकारी दिए । साथै थप अनुसन्धानको क्रममा उनीहरूलाई लागु औषध खैरो हेरोईन बिक्री गर्ने भारतीय नागरिक भारत, बिहार अररिया फारबिसगंज-१५ का २५ वर्षीय बिपुल बर्मालाई शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई मोरङ, विराटनगर महानगर-११ बसपार्कबाट लागु औषध खैरो हेरोईन १०० ग्राम सहित पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि  जिल्ला प्रहरी कार्यालय मोरङ बुझाएको एसपी रेग्मीले जानकारी दिए ।
पक्राउ परेकाहरु विरुद्ध लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम भई अनुसन्धान भईरहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...

काठमाडौँ महानगरपालिकाका न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान

काठमाडौं, ३२ असार । काठमाडौं महानगरपालिकाले ३९ महिनाको अवधिमा ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान...