पारिजात सम्मान २०८२ घोषणा

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १ चैत । साहित्यकार पारिजातको ९२ औं जन्म जयन्तीको अवसरमा ‘पारिजात सम्मान २०८२’ घोषणा गरिएको छ । शनिबार म्हेपीस्थित पारिजात स्मृति केन्द्रमा गरिएको कार्यक्रममा पारिजातको सालिकमा माल्यार्पण एवं पुष्प गुच्छा अर्पण गरी पारिजातप्रति श्रद्धा भाव व्यक्त गर्दै  केन्द्रका अध्यक्ष इन्दिरा दलीले उक्त सम्मान घोषणा गरेकी हुन्।

सम्मान छनोट समितिका सदस्यहरुको निर्णय अनुसार बाल साहित्यकार रामबाबु सुवेदीलाई ‘पारिजात बाल साहित्य सम्मान २०८२’, गीतकार तथा संगीतकार शरद पौडेललाई ‘पारिजात कला सम्मान २०८२’, नवीन विभासलाई ‘पारिजात सृजन सम्मान २०८२’ र देवी खड्कालाई ‘पारिजात सङ्घर्षशील महिला सम्मान २०८२’ प्रदान गर्ने निर्णय भएको छ । बैशाख पाँच गते पारिजातको स्मृति दिवसका अवसरमा उक्त सम्मानहरु समर्पण गरिनेछ ।

पारिजात स्मृति केन्द्रले प्रत्येक वर्ष पारिजातलाई स्मरण गर्दै कला, साहित्यमा योगदान पुर्‍याएका कला स्रष्टाहरु र विभिन्न क्षेत्रमा सङ्घर्ष गर्दै आएका महिलालाई पारिजात सम्मान प्रदान गर्दै आएको छ ।
कार्यक्रममा पारिजात परिसंवादमा महेश मास्केले प्रा.डा. वासुदेव त्रिपाठीसँग पारिजातको जीवन, कृति व्यक्तित्व साहित्य सिर्जनाका आयामहरुबारे परिचर्चा गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...

काठमाडौँ महानगरपालिकाका न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान

काठमाडौं, ३२ असार । काठमाडौं महानगरपालिकाले ३९ महिनाको अवधिमा ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान...