हेरिटेज नेपाल न्यूज

कविता : स्वङ्गापुखु: वैभवको पुनर्जन्म

Date:

Share post:

Changunarayan Nagarpalika

मध्यपुर थिमी नगरपालिका-६ मा अवस्थित लोप अवस्थामा पुगेको स्वङ्गापुखुः को पुनर्निर्माण/जीर्णोद्धारपछिको स्वङ्गापुखु: को सौन्दर्य माथि मध्यपुर थिमी नगरपालिकाका उप-प्रमुख विजयकृष्ण श्रेष्ठको कविता : 

स्वङ्गापुखु: वैभवको पुनर्जन्म

शब्दले बयान गर्नै साध्य छैन, यो अनुपम सौन्दर्य,
मन्दिर र बस्तीको काखमा, झल्किएको छ ऐश्वर्य।

निलो कञ्चन जलमा हेर, शहरले ऐना हेर्दैछ,
आफ्नो भव्य रूप देखि, आफैं मन्त्र मुग्ध बन्दैछ।

​अचल छ समय यहाँ, शान्त छ जलको लहर,
स्वङ्गापुखुको आगनमा, मुस्कुराउँछ थिमि शहर।

धन्य हाम्रा पुर्खाहरू, जसले यस्तो सिर्जना कोरे,
गर्वले छाती फुल्छ आज, जब प्राचीन इँटाहरू जोडिए।

​हटे कुरुप संरचनाहरू, फिर्ता आयो पुरानो शान,
यिनै सम्पदा भित्र बाँच्नेछ, हाम्रो जीवन्त पहिचान।

संरक्षण गर्नु धर्म हाम्रो, यो प्रण भुल्ने छैनौँ,
पुर्खाको यो नासोलाई, कहिल्यै ओइलाउन दिने छैनौँ।

सम्पदाहरुको जगमा,बन्नेछ पर्यटकिय नगरी
हुनेछ मध्यपुरबासी,सुखी अनि खुशी ।
जय मध्यपुर नगरी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

मूलुकभर वर्षा र हिमपात

काठमाडौं, ७ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल...

निर्वाचनमा ३५० बालअधिकार उल्लंघनका घटनन

काठमाडौं, ७ चैत । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन अध्ययन प्रतिवेदनले निर्वाचनअघि र निर्वाचनपछि...

खैरो हेरोईन १३७.४०० ग्राम र चरेश २ केजी ३०० ग्राम सहित ५ जना पक्राउ

काठमाडौं, ७ चैत । लागू औषध ब्यूरो कोटेश्वरले लागु औषध खैरो हेरोइन १३७ दशमलव ४०० ग्राम र...

११ वर्ष कैद भुक्तान गरी छुट्ने बित्तिकै पुन: चोरीको गहना सहित पक्राउ

ललितपुर, ७ चैत । डाँका चोरी मुद्दामा ११ वर्ष कैद भुक्तान गरि छुट्ने बित्तिकै पुन: चोरी गर्ने व्यक्ति...