भक्तपुरको दुवै क्षेत्रमा रास्वपाको अग्रता

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, २२  फागुन । भक्तपुर जिल्लाको दुवै क्षेत्रमा रास्वपाले अग्रता लिएका छन् । भक्तपुर क्षेत्र नं. १ मा १४०० मतगणना हुँदा रास्वपाका रुकेश रन्जितले ८८८ मत सहित अग्रता लिएका छन भने, कांग्रेसका किरण न्यौपानेले २३५ मतका साथ उनलाई पछ्याएका छन् । नेमकिपाका प्रेम सुवालले ७५ मत, राप्रपाका भरत बहादुुर खड्काले ६१ मत, नेकपा एमालेका सोमप्रसाद मिश्रले ५९ मत पाएका छन् । उक्त क्षेत्रमा ७८ हजार २७२ मत खसेको छ ।

त्यसैगरी, भक्तपुर-२ मा रास्वपा उम्मेदवार राजीव खत्रीले अग्रता लिएका छन् । खत्रीले १४ सय मत प्राप्त गर्दा एमालेका उम्मेदवार महेश बस्नेतले १२ सय मत प्राप्त गरेका छन् ।
यस्तै, कांग्रेस उम्मेदवार कबिर रानाले १७१, नेकपाका रामप्रसाद सापकोटाले १७, नेमकिपाका रमेश वैद्यले १३८, राप्रपाका विक्रम थापाले ३५, श्रम संकृति पार्टीका अर्जुन बासुले १५ र उज्यालो नेपाल पार्टीका जित राम लामाले ३७ मत प्राप्त गरेका छन् । यसक्षेत्रमा ७२ हजार ५ मत खसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

किष्ट बैंक घोटाला प्रकरण जुनियर असिस्टेन्ट पक्राउ

काठमाडौं, १२ वैशाख । बैंकिङ कसूर अन्तर्गत किष्ट बैंक घोटाला प्रकरणका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। तत्कालीन...

सुकुम्बासी बस्ती डोजर चल्यो

काठमाडौं, १२ वैशाख । काठमाडौंका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्तीहरूमा घरटहरा भत्काउन थालिएको छ। बिहीबार सुकुम्बासी बस्ती खाली...

नक्कली सुकुम्बासीबारे जानकारी दिन प्रहरीको अनुरोध

काठमाडौं, ११ वैशाख । नेपाल प्रहरीले नक्कली सुकुम्बासीबारे जानकारी दिन अनुरोध गरेको छ। प्रहरीले सूचना निकालेर नक्कली सुकुम्बासीको...

रास्वपा कार्यालयमा सुरक्षा व्यवस्था कडा

काठमाडौं, ११ वैशाख । वनस्थलीस्थित रास्वपा पार्टी कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सरकारले सुकुम्बासी बस्ती हटाउने...