इन्सास राइफल सहित पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौँ, १९ फागुन । सूर्यविनायक नगरपालिका-८ भुम्डोलबाट ए८८९६ नम्बरको इन्सास राइफलसहित एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले गोरखा पालुङटार नगरपालिका-९ घरभई भुम्डोल बस्ने ३१ वर्षीय आयन सेढाईंको कोठाबाट राइफलसहित एसएलआरको गोली ४ वटा, प्लास्टिक राउन्ड २ वटा, सर्टगनमा लाग्ने राउन्ड १ वटा, खुकुरी एक थान तथा सो को दाप २ थान, बन्चरो १ र सिरिन्ज ५ वटा सहित नियन्त्रणमा लिएको हो ।

उनलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई  बुझाइएको जनाएको छ । उक्त राइफल तथा हतियारमा लाग्ने गोली  गत भदौ २३, २४ को आन्दोलनमा लुटिएको आशंका गरिएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी प्रकाश जबेगुले जानकारी दिए । 

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...

कोरिया मैत्री नगर अस्पतालमा १५ शैयाको मोडुलर आइसियु सेवा सुुरू

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा १५ शैयाको अत्याधुनिक सघन उपचार...

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...