टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १९ फागुन । काठमाडौंको मिनभवनमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। मंगलबार बिहान पौने ९ बजे काठमाडौं-३१ मिनभवनस्थित सिभिल अस्पताल अगाडि फोहोर बोक्ने टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
बानेश्वरबाट तीनकुने तर्फ जाँदै गेको बा. २ क ३२२९ नम्बरको फोहोर बोक्ने टिपरले प्र. ३ -००१ ब. ९४५ को सरकारी नम्बरको सरकारी नम्बर प्लेटको स्कुटरलाई ठक्कर दिएको हो। टिपरको ठक्करबाट स्कुटर चालक क्षयरोग अस्पताल थिमिमा कार्यरत नायव सुब्बा सुनसरी इनर्वा नगरपालिका-५ घर भई भक्तपुर लोकन्थली बस्ने ४८ को बद्री कोइरालाको मृत्यु भएको हो । टिपरको ठक्करबाट गम्भीर घाइते कोइरालाको उपचारको क्रममा मृत्यु भएको एसपी भट्टराईले बताए। टिपर र चालक गोरखाका घर भई पेप्सीकोला बस्ने २६ वर्षीय विकास थापा मगर प्रहरीको नियन्त्रणमा छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...

कोरिया मैत्री नगर अस्पतालमा १५ शैयाको मोडुलर आइसियु सेवा सुुरू

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा १५ शैयाको अत्याधुनिक सघन उपचार...

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...