राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण फागुन २५ मा

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १९ फागुन । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण आगामी फागुन २५ गते हुने भएको छ। संघीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार, नेपालको संविधानको धारा ८६ को उपधारा (२) बमोजिम २०८२ साल माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यलाई राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले शपथ गराउनेछन्।

शपथ कार्यक्रम फागुन २५ गते दिउँसो २:०० बजे सिंहदरबारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको हलमा आयोजना गरिने जनाएको छ। सचिवालयले नवनिर्वाचित सदस्यहरूलाई शपथ कार्यक्रम सुरू हुनुभन्दा एक घण्टा अगावै औपचारिक वा आफ्नो पहिचान झल्कने पोशाकमा उपस्थित हुन अनुरोध गरेको छ।

साथै, निर्वाचन आयोगबाट प्राप्त राष्ट्रिय सभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एक-एक प्रति साथमा ल्याउन पनि आग्रह गरिएको छ। यस्तै, नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६८ को उपदफा (२) बमोजिम शपथको व्यहोरा मातृभाषामा अनुवाद गरी सो अनुवादको एक प्रति २०८२ साल फागुन २४ गते आइतबारसम्म सङ्घीय संसद् सचिवालयमा उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

घरको छतबाट हामफालेका व्यापारीको मृत्यु

काठमाडौं, ०५ साउन । काठमाडौंको चाबहिलस्थित कुमारीगालमा घरकाे छतबाट हामफालेका एक जना व्यापारीको मृत्यु भएको छ । सोमबार...

कीर्तिपुरमा कारभित्र जलेका व्यक्तिको पहिचान खुल्यो

काठमाडौं, ०५ साउन । कीर्तिपुरमा जलेको व्यक्तिको परिचय खुलेको छ। मंगलबार कीर्तिपुर नगरपालिका-१ मा बा ५ च ३०३८...

गोंगबुको होटलमा युवती मृत फेला, हत्या आरोपमा दुई जना पक्राउ

काठमाडौं, ०५ साउन । गोंगबुस्थित मित्रनगरको माउन्टेन एक्सेल्सिभा होटलको कोठामा एक युवती मृत भेटिएको घटनामा संलग्न रहेको आरोपमा...

विरोधपछि हट्यो शिक्षा र स्वास्थ्य शुल्कमा लगाइएको ३ प्रतिशत कर

काठमाडौं, ०५ साउन । सरकारको चौतर्फी विरोधपछि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर तत्कालका...