मौन अवधिमा निर्वाचन आचारसंहिता उलंघन गरे कारबाही : विज्ञापन बोर्ड

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १९ फागुन । विज्ञापन बोर्डले प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन प्रचार-प्रसारसम्बन्धी प्रावधान कडाइका साथ पालना गर्न आग्रह गरेको छ । बोर्डले सोमबार सूचना जारी गर्दै निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४ दफा १७ अनुसार तोकिएको समयसीमाभित्र मात्र प्रचार–प्रसार गर्न पाइने स्पष्ट पारेको हो । सूचना अनुसार फागुन १८ गते राति १२ बजेदेखि प्रचार-प्रसार गर्न नपाइने व्यवस्था छ ।

मतदान हुने दिनभन्दा अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुँदासम्म राजनीतिक दल, उम्मेदवार वा सम्बन्धित व्यक्तिले कुनै पनि प्रकारका सभा, अन्तरक्रिया, गोष्ठी, कार्यशाला जस्ता कार्यक्रम सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ । यस अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा तथा अन्य माध्यमबाट दल वा उम्मेदवारको पक्ष-विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट, सेयर, प्रतिक्रिया वा प्रसारण गर्नसमेत निषेध गरिएको बोर्डले जनाएको छ ।

मतदान हुने दिन मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्ने व्यवस्था पनि स्मरण गराइएको छ । त्यस्तै, निर्वाचन आयोग नेपाल र विज्ञापन बोर्डले स्वीकृत गरेका बाहेक अन्य विज्ञापनहरू फागुन १८ गते राति १२ बजेदेखि हटाउनुपर्ने सूचनामा उल्लेख छ । सोमबार मध्यरातिदेखि पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत दल वा उम्मेदवारका विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डले आग्रह गरेको छ ।
निर्वाचन आचारसंहिता, २०८२, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ र विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ अनुसार उल्लंघन गरे कानुनबमोजिम कारबाही गरिने बोर्डले चेतावनी दिएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...

कोरिया मैत्री नगर अस्पतालमा १५ शैयाको मोडुलर आइसियु सेवा सुुरू

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा १५ शैयाको अत्याधुनिक सघन उपचार...

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...