‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १७ फागुन । ‘झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भ्रामक सूचना फैलाएको आरोपमा एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका ७ बस्ने वर्ष २३ को प्रकाश भट्ट छन्।
उनलाई प्रहरीले शुक्रबार दिउँसो काठमाडौं-५ डबली चोकबाट पक्राउ गरेको एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
उनीमाथि सार्वजनिक शान्ति विरूद्धको कसुरमा अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति समेत दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

सडक आश्रित सहयोगापेक्षी मानव उद्धार कार्य सुरु

काठमाडौँ, ५ वैशाख । काठमाडौँ महानगरपालिकाले पशुपति क्षेत्रबाट सडक आश्रित सहयोगापेक्षीहरुको उद्धार कार्य सुरु गरेको छ । काठमाडौँलाई...

आइतबार बागमती प्रदेश सभाको बैठक आव्हान

काठमाडौं, ४ चैत । बागमती प्रदेश सभाको बैठक आव्हान गरिएको छ । ६ बैशाख आइतबार बिहान ११ बजे...

भक्तपुर नगरभित्र सञ्चालित विद्यालय पूर्ववत् रूपमै सञ्चालन हुने

भक्तपुर, ४ वैशाख । भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै प्रकारका विद्यालयहरू पूर्ववत् रूपमै सञ्चालनमा रहने भएका छन् । नगर...

शनिबार सल्लाघारीमा विषेश कन्शर्ट

भक्तपुर, ४ वैशाख । वैशाख ५ गते (शनिबार) भक्तपुरको सल्लाघारीमा विषेश कन्शर्ट हुने भएको छ । भक्तपुर औद्योगिक...