काठमाडौंमा राति ९ बजेपछि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न नपाइने

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १५ फागुन । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं जिल्लाभित्र सञ्चालन हुँदै आएका सबै रात्रिकालीन व्यवसाय राति ९:०० बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको छ। कार्यालयले एक सूचना जारी गर्दै फागुन १८  गतेदेखि अर्को निर्णय नभएसम्मका लागि उक्त व्यवस्था लागू हुने जनाएको हो।

सो समयपछि सबै रात्रिकालीन व्यवसाय पूर्ण रूपमा बन्द गर्न/गराउन सम्बन्धित सरोकारवालालाई जानकारी गराइएको छ।सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा जारी सूचानामा भनिएको छ,’आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सुरक्षालाई मध्यनजर गरी काठमाडौं जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रिकालीन व्यवसायहरू मिति २०८२/११/१८ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि राती ९ बजेसम्म मात्र सञ्चालन गर्ने र तत् पश्चात सम्पूर्ण व्यवसायहरू बन्द गर्न/गराउनुहुन सम्बन्धित सरोकारवालाहरुको जानकारी लागि सूचना प्रकाशित गरिएको हो।’

प्रशासनका अनुसार निर्वाचन अवधिमा शान्ति सुरक्षा कायम राख्न र सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न यस्तो निर्णय गरिएको हो। निर्देशनको उल्लंघन गरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने जनाइएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...

कोरिया मैत्री नगर अस्पतालमा १५ शैयाको मोडुलर आइसियु सेवा सुुरू

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा १५ शैयाको अत्याधुनिक सघन उपचार...

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...